शुक्रवार , बैशाख २६, २०८२
भैरहवा, २६ वैशाख । ओमसतिया गाउँपालिका, रुपन्देहीको आयोजनामा भएको उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर २ ले जितेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा नम्बर २ ले वडा नम्बर ३ लाई २ ० को सेटमा हराउँदै उपाधि जितेको हो ।
उपाधिका लागि पहिलो सेट १७–२५ अंकले जितेको वडाले दोस्रो सेट १७–२५ अंकले जितेको हो । उपाधि जीतसँगै वडा नम्बर २ ले नगद ५० हजार रुपैयाँ, ट्रफी र पदक प्राप्त गर्यो भने उपविजेता वडा नम्बर ३ ले ३० हजार रुपैयाँ, ट्रफी र पदक प्राप्त गर्यो ।
त्यसै गरी शुक्रबार नै सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा वडा नम्बर १ बी टीमले गाउँपालिका टीमलाई हराउँदै नगद १५ हजार, ट्रफी र पदक प्राप्त गर्यो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै पुजा थारुले नगद रु. ५ हजार प्राप्त गरिन् ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मन्जित यादव (सोनु), उपाध्यक्ष एवं प्रतियोगिता संयोजक सुनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, प्रशासन महाशाखा प्रमुख रुपा थापा राउत लगायतले नगद, ट्रफी र पदक प्रदान गरे । हाटी फर्साटिकरस्थित गाउँपालिका भवनको प्रांगणमा रहेको भलिबल मैदानमा सम्पन्न खेलमा ७ वटा टीमको सहभागीता थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij