२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

लोकतान्त्रिक निर्माण व्यवसायी संघ गठन

शुक्रवार , बैशाख २६, २०८२

  • 964
    Shares
  • 964
    Shares
  • भैरहवा, २६ वैशाख । लोकतान्त्रिक निर्माण व्यवसायी संघ रुपन्देही जिल्लाको प्रथम भेला तथा अधिवेशन शुक्रबार भैरहवामा सम्पन्न भएको छ । निर्माण व्यवसायी लुम्बिनी प्रदेश संयोजक विश्व कुमार चन्दको अध्यक्षता, नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको प्रमुख आतिथ्यता, महाधिवेशन प्रतिनिधि विनय ज्ञवाली, एक बहादुर सुनार, महासंघका केन्द्रिय सदस्य रुद्र शर्मा, लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीका पूर्वअध्यक्ष दामोदर शर्मा लगायतको उपस्थितिमा सम्पन्न भेलाले ज्ञान बहादुर पुनको अध्यक्षतामा लोकतान्त्रिक निर्माण व्यवसायी संघ रुपन्देही गठन गरेको हो । 

    संघको उपाध्यक्षमा प्रितम रौनियार, वसन्त केसी, महासचिवमा किसन आचार्य, उपमहासचिवमा मोहन पाण्डे, सुरेन्द्र यादव, कोषाध्यक्ष चित्र बहादुर श्रेष्ठ र सह–कोषाध्यक्षमा अजय राना रहेका छन् । त्यस्तै सदस्यहरुमा ज्ञानेन्द्र पन्थ, विष्णु कहार, प्रशान्त शर्मा, किसन शाही, असोक बस्याल, मुक्तार गद्दी, हेमन्त के.सी., भुपेन्द्र पाण्डे र सुबोध पाण्डे रहेका छन् । 

    लोकतान्त्रिक निर्माण व्यवसायी संघ नेपाली काँग्रेसको भातृ संस्थाको रुपमा रहेको छ ।