
शुक्रवार , बैशाख २६, २०८२
भैरहवा, २६ वैशाख । विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । रुपन्देहीको तिलोत्तमास्थित अटिजम सिकाई पाठशालामा बिहीबार एक समारोहकाबीच रेडक्रसले शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।
रेडक्रस रुपन्देहीका सभापति रामचन्द्र उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रेडक्रस लुम्बिनी प्रदेश अध्यक्ष लाल प्रसाद पंगेनी (कृष्ण), कुल प्रसाद लामिछाने, शरद भट्टराई लगायतले भनाइ राखेका थिए ।
कार्यक्रममा आधारभूत सिद्धान्त पाठ रेडक्रस रुपन्देहीका कोषाध्यक्ष अर्जुनराज उपाध्यायले गरेका थिए । जिल्ला उपसभापति रुपमा कुमारी हिराचनको स्वागत तथा मन्त्री टेक बहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij