२०८२, फाल्गुण २१ गते

Mar 05 2026 | २०८२, फाल्गुण २१ गते

अखिल क्रान्तिकारी रुपन्देहीद्वारा सम्मान

शुक्रवार , बैशाख २६, २०८२

  • 916
    Shares
  • 916
    Shares
  • बुटवल, २६ वैशाख । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रुपन्देहीले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा निर्वाचित विद्यार्थी नेताहरुलाई सम्मान गरेको छ । बिहीबार बुटवलमा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य बामदेव क्षेत्रीले विद्यार्थी नेताहरुलाई प्रमाणपत्रले सम्मान गरेका हुन् । 

    सो अवसरमा त्रिभूवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरुमा हालै सम्पन्न स्ववियु निर्वाचनमा विभिन्न क्याम्पसहरुमा क्रान्तिकारीबाट निर्वाचित विद्यार्थी नेताहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा शहीद नारायण पोखरेल रामापुर क्याम्पसका स्ववियु उपाध्यक्ष श्रद्धा अर्याल, सचिव हिमनारायण पौडेल, सदस्य अमृत थारु र सदस्य आशिका काफ्ले रहेका छन् । 

    krantikari samman photo.jpg

    त्यस्तै हरैया बहुमुखी क्याम्पस स्ववियु कार्यसमितिमा निर्वाचित कोषाध्यक्ष अमृता ज्ञवाली, सह–सचिवमा दीक्षा पुन र सदस्य अस्मी थापा र देवदह बहुमुखी क्याम्पस स्ववियु सचिवमा निर्वाचित रविन न्यौपाने र सदस्य मीनाक्षी विश्वकर्मा लगायतलाई सम्मान गरिएको हो । सो अवसरमा बोल्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य बामदेव क्षेत्रीले सम्मानित विद्यार्थीहरुलाई शैक्षिक क्षेत्रको गुणस्तर सुधार हुने गरी विद्यार्थीहरुको हितमा काम गर्न आग्रह गरे ।

    कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश उपाध्यक्ष कपिल चापागाई, विद्यार्थी नेता लेखनाथ न्यौपाने लगायतले बोलेका थिए । अखिल (क्रान्तिकारी) रुपन्देहीका अध्यक्ष टीकाराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रम
    मा पार्टीका केन्द्रीय सदस्य गोविन्द केसी, माओवादी केन्द्र बुटवल उपमहानगर अध्यक्ष महेन्द्र भूषाल लगायतका नेताहरुको उपस्थितिमा अखिल क्रान्तिकारी २३ औं जिल्ला सम्मेलन निर्वाचन समितिका संयोजक र सदस्यहरुलाई सम्मान तथा वि.सं. २०८२ सालको भित्तपात्रो समेत विमोचन गरिरएको थियो । 

    कार्यक्रम अखिल (क्रान्तिकारी) रुपन्देहीका उपाध्यक्ष हिमाल खनालको स्वागत तथा अर्का उपाध्यक्ष मधुसुदन गाहाको सञ्चालनमा सम्पन्न भएको थियो ।