२०८२, आश्विन २५ गते

Oct 11 2025 | २०८२, आश्विन २५ गते

युवा रेडक्रस सर्कल पक्लिहवा क्याम्पसद्वारा ३३ प्वाइन्ट रगत संकलन

बिहिवार , बैशाख २५, २०८२

  • 931
    Shares
  • 931
    Shares
  • भैरहवा, २५ वैशाख । अंग्रेजी महिनाको ‘८ मे’ अर्थात् विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसकोे आयोजनामा बिहीबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको सहकार्यमा पक्लिहवा क्याम्पस प्रांगणमा भएको कार्यक्रममा ३३ प्वाइन्ट रगत संकलन भएको आयोजकले जनाएका छन् । 

    युवा रेडक्रस सर्कल, पक्लिहवा क्याम्पसकी अध्यक्ष सुचना थापाको सभापतित्व तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका उपसभापति एवं युवा समाजसेवी सुशील गुरुङ्गको प्रमुख कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले सदैव मानवीय सेवामा समर्पित रेडक्रसले समयानुकुल रक्तदान कार्यक्रम सञ्चालन गरेर रगतको अभाव हुन नदिइ बिरामीको ज्यान जोगाउन महत्वपूर्ण र पवित्र कार्य गरेका बताए ।

    कार्यक्रममा पक्लिहवा कृषि क्याम्पसका क्याम्पस प्रमुख सह–प्राध्यापक जन्मजय गैरे, नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका मन्त्री टेक बहादुर थापा, रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको अध्यक्ष तथा जिल्ला सदस्य राकेश गुरुङ्ग, नयाँगाउँ रानीगाउँ गाउँ समाजका अध्यक्ष याम बहादुर थापाले मानव जीवनमा रगतको महत्व, यसको सोधभर्ना, मानवीय कार्यमा रेडक्रसले खेलेको भूमिकाको बारेमा धारणा राखेका थिए ।

    कार्यक्रम संयोजक कश्मिला रानाकोे स्वागत तथा भुवन ओढको सञ्चालनमा भएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ की वडा सदस्य हरिमाया गुरुङ्ग, प्रहरी चौकी मेउडिहवाका प्रमुख खिम बहादुर खत्री, बेलहिया उपशाखाका सचिव माधव शर्मा, कोषाध्यक्ष पंकज उदास, समाजसेवी नन्द पुन, अस्मिता के.सी., अविचल जंग के.सी., गौरव थापा लगायतको उपस्थिति थियो ।