
बिहिवार , बैशाख २५, २०८२
भैरहवा, २५ वैशाख । विद्यार्थीहरूमा समाज सेवाको भावना विकास गर्ने उद्देश्यले युनिभर्सल पब्लिक हाई स्कूल, भैरहवामा युनिभर्सल समाज कल्याण क्लब गठन गरिएको छ । कक्षा ९ की छात्रा अदिती गुप्ताको अध्यक्षतामा गठित उक्त क्लबको उपाध्यक्षमा असिम धुरेल, सचिवमा युना पाण्डे, सह–सचिवमा समीक्षा चौधरी र कोषाध्यक्षमा अंकिता बस्नेत रहेका छन् ।
त्यस्तै क्लबको सदस्यहरूमा गरिमा पचभैया, युनिक के.सी., समिर गुरौ, विधान गुरुङ, विन्दवासिनी कुर्मी, बन्दना खत्री, सगुनता छन्त्याल, सुमित बास्फोर, विवेक सहानी, भुवन जैसी, रक्षा अर्याल, आकांक्षा रेग्मी र दिब्या सहानी रहेका छन् ।
क्लबका सदस्यहरूलाई बुधबार एक कार्यक्रमकाबीच विद्यालयमा शुभकामना व्यक्त गरिएको थियो । विद्यालयका अतिरिक्त क्रियाकलाप इञ्चार्ज याम थापाको अध्यक्षता, प्राचार्य गोकुल पोखरेलको प्रमुख आतिथ्यता तथा सहायक प्राचार्य सुरज घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा क्लबकी अध्यक्ष अदिती गुप्ताले विद्यार्थीले समाजमा योगदान दिनका निम्ति वृक्षरोपण, सरसफाई तथा अनाथ एवं वृद्धवृद्धाहरूको सहयोग गर्ने जस्ता कार्यक्रमहरू गर्ने बताइन् । उनले सामाजिक जिम्मेवारी पूरा गर्न क्लबले भूमिका खेल्ने प्रतिवद्धतासमेत जनाइन् ।
प्राचार्य पोखरेलले युनिभर्सल समाज कल्याण क्लबमार्फत् विद्यार्थीले सामाजिक कार्यमा सहभागी भइ प्रत्यक्ष ज्ञान हासिल गर्न सफल रहून् र उनीहरूको सामाजिकीकरणमा क्लबले योगदान गर्न सक्षम रहोस् भन्दै शुभकामना व्यक्त गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij