२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

गोरखापत्रले देखेको कुरा लेख्न स्वतन्त्र छः प्रधानमन्त्री ओली

बुधवार , बैशाख २४, २०८२

काठमाडौं, २४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको गोरखापत्रले स्वन्तन्त्रापूर्वक पत्रकारिता गरिरहेको बताएका छन् । बुधवार गोरखापत्र दैनिकको १ सय २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले यस्तो बताएका हुन् ।

उनले राजाको शासनमा राजाको जे इसारा भयो त्यस्तै लेख्नुपर्ने बाध्यता भएको बताए। उनले देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै गोरखापत्रले पनि कसैको आदेश पालना गर्नुपर्ने अवस्थाबाट मुक्त भएको बताए । पुरानो समयमा सम्पादकीय लेख्ने सम्पादकहरुनै सकसमा पर्ने गरेको भन्दै अहिले सरकारले कुनै किसिमको दबाब वा इसारा नगरेको बताए। उनले पत्रकारले व्रह्मले देखेको कुरा स्वतन्त्रतापूर्वक लेख्न पाउने अवस्था रहेको बताए । गोरखापत्रले राणा शासन, राजतन्त्रलगायत विभिन्न उतारचढाव भोग्दै आफूलाई विकास गर्दै अहिलेको अवस्थामा आइपुगेको उनको भनाइ छ ।

उनले भने, ‘गोरखापत्रले धेरै उतारचढाब देखेको छ । यसलाई झेलेको छ । उतारचढाव झैल्दै यस्ले विकास गरेको छ । अनेक प्रकारका अप्ठ्यारा होलान्,  कत्ति गाह्रो थियो होला सम्पादकीय लेख्न सम्पादकहरुलाई  आज तपाईं के सम्पादकीय लेख्नुहुन्छ  कुन साइन्सले लेख्नुहुन्छ कहिल्यै सरकारबाट यसो लेख उसो लेख भनेको छ र  इशारा केही गएको छ । सरकारले त्यता फर्किएर आँखा पनि  झिम्क्याउँदैन । इशारा गर्दैन । प्रधानमन्त्रीबाट दबाब र नियन्त्रण केही छैन । आज तपाईंहरु आफ्नो ब्रह्मले देखेको जे सुकै लेख्न स्वतन्त्र हुनुहुन्छ । अलि अगाडि ३० –३५ वर्षसम्म त संकेतले, इशाराले, आकारले प्रकारले कुनै पनि हिसाबबाट राजसंस्था विरोधी हो भन्ने प¥यो भने त उसको चेहरामा झल्किन्थ्यो सरकार ।’प्रधानमन्त्री ओलीले गोरखापत्रले मानक भाषाको रुपमा नेपाली भाषाको विकास गरेको बताए । –न्युज एजेन्सी नेपाल