२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

अन्तर रोटरी तथा रोट्रयाक्ट ब्याडमिन्टन र टेबलटेनिस प्रतियोगिता हुँदै

मंगलवार , बैशाख २३, २०८२

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • रुपन्देही, २३ वैशाख । रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्स र रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको सयुंक्त आयोजनामा अन्तर रोटरी तथा रोट्रयाक्ट ब्याडमिन्टन र टेबल टेनिस प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगितामा छात्र र छात्रा दुवैबीच प्रतिष्पर्धा हुनेछ ।

    कार्यक्रम यही वैशाख २७ गते शनिबार बिहान ७ बजेबाट सुरु हुने बताइएको छ । देवीनगर ब्याडमिन्टन क्लब (ओली पथ, फिटनेश हेल्थ जिम अगाडि) मा हुने उक्त प्रतियोगिता युवाहरूबीच आपसी सम्बन्ध सुदृढ गर्ने, खेलकुदप्रति रुची बढाउने तथा शारीरिक सशक्तिकरणमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएका छन् ।

    प्रतियोगितामा रोटरी तथा रोट्रयाक्ट सदस्यहरूबीच खेलकुदमार्फत मित्रता, सहकार्य र स्वस्थ प्रतिष्पर्धा प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ । प्रतियोगितामा सिंगलतर्फ नगद ३ हजारसहित प्रमाणपत्र र डबल्सतर्फ विजेतालाई नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । 

    रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष सरोज पाण्डेले युवाहरूलाई खेलकुदमा संलग्न गराउँदै नेतृत्व विकास, सहकार्य र अनुशासनको भावना अभिवृद्धि गर्नु नै यो प्रतियोगिताको मूल उद्देश्य रहेको जानकारी दिए। उनले सम्पूर्ण रोट्रयाक्ट र रोटरी परिवारलाई सक्रिय सहभागीताको लागि आह्वान समेत गरे ।

    कार्यक्रम संयोजक समिर पाण्डेले यो प्रतियोगिता खेल मात्र नभइ आपसी भाइचारा र उर्जा थप्ने एउटा उत्सव पनि रहेको भन्दै सबैलाई यो अवसर नगुमाउन आग्रह गरे ।