२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

नेपाल नाट्य प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्षमा डा. नारायण पन्थ

आइतवार , बैशाख २१, २०८२

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • रूपन्देही, २१ वैशाख । नेपाल नाट्य प्रतिष्ठान लुम्बिनी प्रदेशको अध्यक्षमा डाक्टर नारायण प्रसाद पन्थ सर्वसम्मत रूपमा चयन भएका छन् । नेपाल नाट्य प्रतिष्ठान पोखराद्वारा प्रकाशित नेपाली नाट्य विमर्श नाट्यग्रन्थ लोकार्पण तथा सम्मान एवं सर्जकको रूपन्देहीको बुटवलमा भएको भेलाले अध्यक्ष डा. पन्थको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । 

    जसको उपाध्यक्षमा डा. प्रेम प्रसाद तिवारी र सचिवमा भावना खनाल सर्वसम्मत चयन भएका छन् । त्यसै गरी कोषाध्क्षमा डिल्ली नारायण पाण्डे र सह–सचिवमा राजु भुसाललाई प्रथम बैठकले मनोनित गरेको छ । 
    त्यसै गरी सदस्यहरूमा नारायण बियोगी, तिलक लामिछाने, हेमराज भुसाल, गणेश भण्डारी, राजेन्द्र कुवंर, इश्वरी प्रसाद पोख्रेल, आचार्य दयानिधि गौतम, शशि पन्थी, कमल पोख्रेल, डा. अजित खनाल सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य भोज बहादुर खत्री (भोजु)ले जानकारी दिए । 

    संरक्षकमा केन्द्रिय अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र पोख्रेल, सल्लाहकारमा ऋषि आजाद, लोकनाथ उपाध्याय र बाल कृष्ण भण्डारी रहनुभएको निर्वाचन समिति संयोजक कवि डाक्टर शालिकराम पौड्यालले जानकारी दिए ।

    कार्यक्रममा बोल्दै डाक्टर नारायण प्रसाद पन्थले लुम्बिनी प्रदेशले नाटक मंचन, प्रहसन, प्रकाशन लगायतका काम गर्ने प्रतिवद्धता व्यक्त गरे । पन्थले लुम्बिनी प्रदेशका नाटककारको बारेमा कृति प्रकाशन लगायतका कार्य गरी लुकेर रहेका सर्जक उजागर गर्ने बताए ।

    कार्यक्रममा नाट्य विमर्शका परिचर्चाकार प्रा.डा. रामनाथ ओझाले नेपाली नाटक विधाको ऐतिहासिक कृतिका रूपमा यो कृति आएको र यसले नेपाली समालोचनाको इतिहासमा महत्वपूर्ण स्थान राख्ने बताए ।