२०८३, जेठ ११ गते

May 25 2026 | २०८३, जेठ ११ गते

जसपा नेपाल रुपन्देहीको अध्यक्षमा पुनः सियाराम यादव

शनिवार , बैशाख २०, २०८२

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • भैरहवा, २० वैशाख । जनता समाजवादी पार्टी (जसपा), नेपाल रुपन्देहीको प्रथम जिल्ला अधिवेशन शुक्रबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले पुनः सियाराम यादवको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    Siyaram Yadav.jpeg
    सियाराम यादव

    प्रमुख निर्वाचन अधिकृत रामनेवास प्रसाद चौधरीका अनुसार जसपा नेपाल रुपन्देहीको उपाध्यक्षमा कलामुद्दीन खाँ, गोविन्द कोहार, सचिवमा विष्णु प्रसाद अधिकारी, कोषाध्यक्षमा चन्द्रभान तिवारी, उपसचिवमा चन्द्रभान तिवारी र सुनिता खड्लुक रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा दिपेन्द्र यादव, महेन्द्र केवट, मीना कुमारी गिरी वि.क., प्रेम बहादुर उप्रेती, शंकर किशोर विश्वकर्मा, मोहम्मद अहमद मुसलमान, कृष्ण कुमार क्षेत्री, राम वेलास यादव, सुरेन्द्र धवल, जिते भर, कान्छा कोहार, मोहम्मद खलिल, सन्त प्रसाद बरई, राम कुमार पासवान, जोगिन्दर यादव, गुरुदेव गौड, राजेश यादव, विनयकुमार यादव, जगजीवन यादव, जंग बहादुर यादव, गणेश केवट र बाबुराम पाल रहेका छन्।

    अधिवेशनको जसपा नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका थिए ।