२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

लुम्बिनीमा ‘२५६९ औं बुद्धजयन्ती’ मनाउने तयारी

शनिवार , बैशाख २०, २०८२

  • 922
    Shares
  • 922
    Shares
  • लुम्बिनी, २० वैशाख । लुम्बिनीमा ‘२५६९ औं बुद्धजयन्ती’ एवं ‘लुम्बिनी दिवस समारोह २०८२’ मनाउने तयारी तीव्र पारिएको छ । उक्त समारोहलाइ भव्य बनाउन प्रचारप्रसार व्यवस्था उपसमितीको बैठक सम्पन्न भएको छ ।

    बैठकमा बुद्धजयन्ती तथा लुम्बिनी दिवस समारोहको प्रचारप्रसारलाई प्रभावकारी बनाउन सामाजिक सञ्जाल, मिडिया, माइकिङमार्फत व्यापक प्रचार गर्ने योजना बनाइएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष एवं बुद्धजयन्ती प्रचारप्रसार व्यवस्थापन उपसमितिका संयोजक ढुण्डीराज भट्टराईले जानकारी दिए ।

    मोबाइलमा बुद्धजयन्ती एवं लुम्बिनी दिवस २०८२ सम्बन्धी रिंगटोन बजाइ सहयोग गरिदिन लुम्बिनी विकास कोषमार्फत नेपाल टेलिकमसँग अनुरोध गर्ने, वैशाख २७ गते पत्रकार सम्मेलन गर्ने, सबै मिडियासँग बुद्ध जयन्ती विशेष कार्यक्रम उत्पादन–प्रसारण गर्न अनुरोध गर्ने निर्णय गरिएको भट्टराईले बताए ।

    ‘बुद्ध जन्मस्थल लुम्बिनीसँग सम्बन्धित विषयका बृतचित्र प्रसारण गर्न अनुरोध गर्ने निर्णय गरिएको छ’ भट्टराईले भने–‘सो अवसरमा रूपन्देही, कपिलवस्तु र परासी जिल्लाबाट लुम्बिनीको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने किसिमका समाचार लेख्नेमध्ये एक÷एकजना पत्रकारलाई सम्मान गर्ने कार्यक्रम छ ।’

    प्रचारप्रसार व्यवस्थापन उपसमिति संयोजक भट्टराईले भने–‘बुद्धजयन्तीलाई विश्व शान्तिको सन्देश फैलाउने अवसरको रूपमा उपयोग गरिने योजनासहित उपसमितिले स्थानीय सरकार, बुद्धिजीवी, समाजसेवी एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बौद्ध संघ–संस्थाहरू समेतसँग सहकार्यगर्ने निर्णय गरेको छ ।’

    यस वर्षको बुद्धजयन्ती एवं लुम्बिनी दिवस समारोह वैशाख २८, २९ र ३० गते गरी तीन दिनसम्म मनाइनेछ । सो अवसरमा शिशु बुद्धको शोभा यात्रा र दीप प्रज्वलनका साथै अन्य कार्यक्रमहरू पनि समावेश हुनेछन् ।
    बुद्धजयन्ती एवं लुम्बिनी दिवस समारोहलाई प्रभावकारी बनाउन विभिन्न कार्ययोजनाहरू निर्माण गरिएको भन्दै बौद्ध दर्शन, संस्कृति र विश्व शान्तिको महत्व उजागर गर्ने अपेक्षा गरिएको भट्टराईले बताए ।