मंगलवार , श्रावण २७, २०७७
भैरहवा, २७ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीको आयोजनामा सैनामैनामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ । राप्रपा रुपन्देही क्षेत्र नम्बर ५ का पूर्व अध्यक्ष तथा समाजसेवी सैनामैना निवासी लाल बहादुर पुनको निधनमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो ।
यही साउन २३ गते निधन भएका पुनको पाँचौ दिन मंगलबार श्रद्धाञ्जली सभाको आयोजना गरिएको राप्रपा रुपन्देहीका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।
श्रद्धाञ्जली सभामा राप्रपा रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, पूर्व केन्द्रीय सदस्यद्वय नवीन पौडेल, राजेन्द्र पाण्डे, प्रवक्ता पुनाराम पोखरेल, प्रवासी नेपाली एकता समाज मध्यपूर्व संयोजक (राप्रपा) यूएईका तोयानाथ लम्साल, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन रुपन्देहीका अध्यक्ष अध्यक्ष शंकर खत्री, नेताहरू राम बहादुर थापा, रमन गिरी, भीम कुमारी गैरे, जमान सिंह थापा लगायतको उपस्थिति रहेको थियो।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij