२०८२, पौष २७ गते

Jan 11 2026 | २०८२, पौष २७ गते

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा मजदुर सम्मान

शुक्रवार , बैशाख १९, २०८२

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • बुटवल, १९ वैशाख । १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा मानव अधिकार तथा शान्ति  समाज रुपन्देहीले मजदुर सम्मान कार्यक्रम गरेको छ । बुटवलको हाटबजारस्थित एकतामार्ग (तिनाउ नदीको किनार) मा बस्ने मजदुर कर्ण बहादुर लामालाई समाजले सम्मान गरेको हो ।  

    फोहोरमैला प्रशोधन मेसिनमा परी एक हात गुमाएका लामालाई उनको निवासमै पुगेर शान्ति समाजले रु. ५ हजार नगदसहित दोसल्ला ओढाइ सम्मान गरेको हो ।  शान्ति समाजका पूर्व केन्द्रिय सभापति गोविन्द खनाल, ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजीमान श्रेष्ठ, शान्ति समाजका केन्द्रीय सचिव (लुम्बिनी प्रदेश) डिपि खनाल, ट्रेड युनियन काँग्रेस रुपन्देही अध्यक्ष रामप्रसाद ढकालले मजदुर आन्दोलन, अवस्था र श्रमको सम्मानको बारे चर्चा गरेका थिए ।

    समाजका रुपन्देही सभापति अर्जुन ज्ञवालीले संसारभरका मजदुर श्रमिकको प्रतिनिधिमुलक सम्मानार्थ कामको शिलशिलामा दुर्घटना परि हात गुमाउनुभएका र उपचारपछि पुनः काममा फर्किनुभएका मजदुर कर्ण बहादुर लामालाई सम्मान गरिएको जानकारी दिए ।

    रुपन्देही सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, उपसभापति कृष्ण पाण्डेको स्वागत तथा कार्यसमिति सदस्य सीता पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य लालहरि पाण्डे, रत्ना कंडेल, सल्लाहकार एवं पूर्वसभापति कृष्ण पराजुली, कृष्ण भट्टराई, कोषाध्यक्ष मोहनीलाल न्यौपाने, सह–सचिव अर्जुन कुंवर, कार्यसमिति सदस्य केशव राज पाण्डे, सागर भुसाल लगायत अधिकारकर्मीको उपस्थिति थियो ।