
आइतवार , बैशाख १४, २०८२
बुटवल, १४ वैशाख । नेकपा (एकीकृत समाजवादी) बुटवल उपमहानगरपालिका, रुपन्देहीको अध्यक्षमा चिनबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा गुरुङ पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन ।
अधिवेशनबाट उपाध्यक्षमा ईन्द्र राई, सचिवमा भिम बहादुर क्षेत्री, उपसचिवमा शेरजंग गुरुङ्ग (ईश्वर) र शिवकुमारी पाण्डेय बस्यालसहित ३१ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ निर्वाचितहरुलाई नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले शूभकामना दिदै समाजवादी आन्दोलनमा डटेर लाग्न आग्रह गरे ।
उक्त अवसरमा केन्द्रीय सदस्य भगवती अधिकारी, लुम्बिनी प्रदेश सदस्य कमल भण्डारी, राजेन्द्र पाण्डे, जिल्ला अध्यक्ष हिराध्वज शाह लगायतको उपस्थिति थियो ।
यसअघि अधिवेशनको उद्घाटन समारोहमा बुटवल उपमहानगरपालिका वडा न ११ का रमेश परियारले नेकपा (एमाले) परित्याग गरी तथा श्याम सुनार नेपाली काँग्रेस परित्याग गरी नेकपा एसमा समाहित भएका थिए । उनीहरुलाई पार्टी सचिव पाण्डेयले टीका लगाएर स्वागत गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij