२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

रुपन्देही सुनचाँदी व्यवसायी संघद्वारा क्यालेण्डर विमोचन

शनिवार , बैशाख १३, २०८२

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, १३ वैशाख । रुपन्देही सुनचाँदी व्यवसायी संघले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा वार्षिक क्यालेण्डर (टेबल पात्रो) विमोचन कार्यक्रम गरेको छ । शनिबार भैरहवामा आयोजित कार्यक्रमको संविधान सभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले उद्घाटन गरेका हुन् ।

    कार्यक्रममा बोल्दै मेयर खाँले सुनचाँदी व्यवसाय सानो पसल मात्र नभइ ठूलो उद्योग भएको बताए । ‘राज्यको राजस्वमा तपाईहरुको महत्वपूर्ण योगदान छ, ’उनले भने–‘अझ आकर्षक गरगहना बनाउनुहोस्, जसले गर्दा आयात घटाउन सहयोग पुग्छ ।’ उनले बजारलाई प्रतिष्पर्धात्मक बनाउनुपर्नेमा जोड दिए । मेयर खाँले नयाँ वर्ष २०८२ सबैको लागि राम्रो होस् भन्दै शुभकामना व्यक्त गरे ।

    कार्यक्रममा रुपन्देही सुनचाँदी व्यवसायी संघका वरिष्ठ सल्लाहकार प्रेम कुमार सेन्चुरी, नेपाल सुनचाँदी व्यवसायी संघ लुम्बिनी प्रदेश उपाध्यक्ष हरि बहादुर विश्वकर्मा, सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष दिलिप कुमार कान्दु, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, रुपन्देही सुनचाँदी व्यवसायी संघका सल्लाहकार तेज प्रकाश विश्वकर्मा, बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष गकुल विश्वकर्मा, सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष राजन विश्वकर्मा, तिलोत्तमा सुनचाँदी व्यवसायी संघ महिला उपसमिति संयोजक विमला गहतराज लगायतले बोलेका थिए ।

    रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष गोपाल रामदामको अध्यक्षता, नगरप्रमुख इश्तियाक अहमद खाँको प्रमुख आतिथ्यता, संघका वरिष्ठ उपाध्यक्ष मनोज सेन्चुरीको स्वागत तथा महासचिव सतिश कुमार कौसल (दीपक) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।