२०८३, जेठ १३ गते

May 27 2026 | २०८३, जेठ १३ गते

सिद्धार्थनगरले नगरबासीलाई भन्यो : बाँझो जग्गामा फोहोर नफालौं, खेती गरौं

शनिवार , बैशाख १३, २०८२

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, १३ वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आ–आफ्नो घरघडेरी, खाली एवं बाँझो जग्गाहरुमा माटो पाटी जग्गाको सरसफाई गर्न नगरबासीमा आग्रह गरेको छ । बाँझो जग्गाको सरसफाई गरी तरकारी, फलफूल लगायत अन्य खेतीपाती गर्न/गराउन नगरपालिकाको आग्रह छ ।

    नगरप्रमुख (मेयर) इश्तियाक अहमद खाँले सूचना जारी गर्दै बजार क्षेत्रभित्र रहेका खाली जमिनमा विभिन्न किसिमका झारपात उमर्ने तथा फोहारमैला फाल्ने स्थानको रुपमा परिणत हुँदा त्यसबाट वातावरण एवं नगरको सुन्दरतामा समेत प्रतिकूल असर परेको बताएका छन् । गर्मीयाममा आगलागीको जोखिम, बर्खायाममा सर्प, किराफ्ट्यांग्रा, लामखुट्टे बढाएको हुँदा सरसफाईमा ध्यान दिन मेयर खाँले आग्रह गरे । घरघडेरी, खाली तथा बाँझो जमिनको सरसफाई कार्य नगरेको पाइएमा प्रचलित एवं पालिकाको नियमानुसार कारवाही हुने नगरपालिकाले चेतावनी दिएको छ ।

    493226901_710867798285969_4897633930585330484_n.jpg