२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

शिक्षकपछि कर्मचारी पनि आन्दाेलित

शुक्रवार , बैशाख १२, २०८२

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, १२ वैशाख । राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा रहेको संघीय निजामती सेवा विधेयकमा आफ्ना माग मुद्दाको सुनुवाइ नभएको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् । निजामती सेवामा राजपत्र अनंकित हकहित संरक्षण अभियानको आह्वानमा शुक्रबार (आज) देशैभरीका सरकारी कर्मचारीहरुले ऐनमा समावेश गर्नुपर्ने विषयका प्लेकार्ड छातीमा टाँसी कामकाज गरेका छन् ।

    Nabin.jpg

     

    विशेष गरी राजपत्र अनंकित कर्मचारीहरुको वृत्ति विकासका अवसरवाट वञ्चित गराउन लागिएको भन्दै माग सम्बोधन नभए कलम बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । ५ वर्ष सेवा अवधि पुगेका कर्मचारीहरुलाई एक श्रेणी र दश वर्ष सेवा अवधि पूरा भएका कर्मचारीहरुलाई एक श्रेणी बढुवा गरी तह मिलान गर्नुपर्ने मुख्य माग रहेको छ ।

    त्यसै गरी अन्तरप्रदेश सरुवाको व्यवस्था समायोजन संशोधन लगायतका मागहरु राखी कर्मचारीहरु आन्दोलित भएका छन । शिक्षकहरु सडक आन्दोलन गरिरहेको अवस्थामा कर्मचारीहरु पनि काम बन्द गरी सडकमा आउन लागेका हुन् ।