२०८३, जेठ ११ गते

May 25 2026 | २०८३, जेठ ११ गते

आतंकवादविरुद्ध विश्व जगत एक भइ लड्नुपर्छ : जसपा रुपन्देही

शुक्रवार , बैशाख १२, २०८२

  • 5.0K
    Shares
  • 5.0K
    Shares
  • भैरहवा, १२ वैशाख । जनता समाजवादी पार्टी (जसपा) जिल्ला समन्वय समिति, रुपन्देहीले आतंकवादविरुद्धमा सम्पूर्ण विश्व जगत एक भइ लड्नुपर्ने आजको आवश्यकता भएको बताएको छ । पार्टीले शुक्रबार विज्ञप्ती जारी गर्दै आतंकवादको कुनै धर्म, राष्ट्रियता र स्वीकार्यता नहुने बताएको हो ।

    पार्टीको रुपन्देही जिल्ला इञ्चार्ज मोहम्मद अलीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘मंगलबार मित्र राष्ट्र भारतको जम्मू–कश्मीरको पहलगमा भएको आतंककारी आक्रमणमा एकजना बुुटवल निवासी नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जना पर्यटकरुको मृत्यु हुनुको साथै केही गम्भीर घाइते भएकोमा यस आतंककारी आक्रमणको जसपा रुपन्देही घोर निन्दा तथा भत्र्सना गर्दछ ।’

    जिल्ला इञ्चार्ज अलीले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।