२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

तिलोत्तमा–६ मा सेनेटरी प्याड बनाउने तालिम सुरु

बिहिवार , बैशाख ११, २०८२

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • तिलोत्तमा, ११ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा महिलाहरुका लागि सेनेटरी प्याड बनाउने तालिम सुरु गरिएको छ । १० दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन गर्दै वडाध्यक्ष गणेश पाठकले यो तालिमले महिलाहरूलाई आफ्ना लागि प्रयोग गर्न र व्यवसायिक रुपमा प्याड बनाइ विक्री गर्न समेत प्रोत्साहन हुने बताए । उनले तालिम सहभागी हुनका लागि मात्र नभइ त्यसबाट लाभ लिनका लागि दिइएकाले सीप सिक्दा त्यसमै केन्द्रित रहि अघि बढी उद्यमशिल बन्न सुझाए । तालिममा ३० जना सहभागी छन् ।

    तालिम उद्घाटन कार्यक्रममा वडा सदस्यहरु सीता खनाल गौतम, गोविन्द रिजाल, पुर्ण प्रसाद आचार्य, गीता गन्धर्भ, आनन्दवन टोल विकास संस्थाका अध्यक्ष छबिलाल भण्डारीलगायतले बोल्दै वडाले महिलाहरूलाई स्वावलम्भी बनाउन बजेट छुट्याई काम गरिरहेकाले यसको भरपुर फाइदा उठाउन सहभागीहरुलाई आग्रह गरे ।

    कार्यक्रमको सञ्चालन वडा सचिव कृष्ण बहादुर क्षेत्रीले गरेका थिए ।