बुधवार , बैशाख १०, २०८२
भैरहवा, १० वैशाख । प्रतिनिधि सभा सदस्य अमृता अग्रहरीले एकतामा नै शक्ति भएको बताएकी छन् । उनले बोली र व्यवहार (काम र कुरा) एउटै हुनुपर्नेमा जोड दिएकी छन् । नेपाल वैश्य युवा संघ लुम्बिनी प्रदेशले रुपन्देहीको भैरहवामा आयोजना गरेको नेपाल–भारत वैश्य समाज अन्तरक्रिया, गोष्ठी तथा परिचयात्मक कार्यक्रममा सांसद् अग्रहरीले यस्तो बताएकी छन् ।
‘अरुको ईर्ष्या होइन, प्रतिष्पर्धा गरेर अघि बढौं । उनले भनिन्–‘ईर्ष्या र घमण्ड मानिसको शत्रु हो ।’ उनले उद्योगी–व्यवसायीलाई राजनीतिमा आउन आग्रह गरिन् । विभेदविरुद्ध र पिछडिएको समुदायको हकअधिकारका लागि निरन्तर संघर्ष गर्दै आएको उनको भनाइ छ ।
त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सि.के.)ले अरुको खुट्टा तान्ने प्रवृत्ति हटाउन आग्रह गरे । ‘सकारात्मक सोचको आवश्यकता छ, ’उनले भने ।
प्रदेश सभा सदस्य कन्हैया बनियाले सबै मिलेर समाजको विकासमा अघि बढ्नुपर्ने उल्लेख गरे ।
नेपाल वैश्य युवा संघ लुम्बिनी प्रदेशका अध्यक्ष अमित कुमार गुप्ताले नेपाल–भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउनुपर्ने बताए ।
कार्यक्रममा प्राध्यापक ए.के. जयसवाल, नेपाल वैश्य युवा संघका केन्द्रीय सल्लाहकार राजेन्द्र गुप्ता, कान्दु वैश्य सेवा समिति लुम्बिनी प्रदेश अध्यक्ष आनन्द प्रसाद गुप्ता, तेली कल्याण समाज लुम्बिनी प्रदेशका अध्यक्ष अजय कुमार गुप्ता, रौनियार समाज, रुपन्देहीका अध्यक्ष नरेन्द्र प्रसाद रौनियार, चौरसिया समाजका अध्यक्ष रमेश चौरसिया, नेपाल वैश्य युवा संघ रुपन्देहीका परामर्शदाता रवि कुमार रौनियार, सुडी समाजका अध्यक्ष कपुरचन्द महासेठ, वर्नवाल समाजका अध्यक्ष रामराज वनिया, कसौधन समाजका विजय कुमार वनिया, अग्रहरी समाजका अध्यक्ष त्रिभुवन अग्रहरी, प्रोफेसर सिपी गुप्ता, नेपाल वैश्य युवा संघ, रुपन्देहीका अध्यक्ष तारकेश्वर कान्दु, कोषाध्यक्ष दुर्गा प्रकाश गुप्ता लगायतले भनाइ राखेका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij