२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

लुम्बिनीका कृषिमन्त्री पन्थीद्वारा लुस्कुनको निरीक्षण

मंगलवार , बैशाख ९, २०८२

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, ९ वैशाख । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले लुम्बिनी विशिष्टीकृत सहकारी संघ (लुस्कुन) को अनुगमन तथा निरीक्षण गरेका छन् । मन्त्री पन्थीसहित मन्त्रालयका सचिव यमनारायण देवकोटा, प्रवेश सिंह कुंवर, घनश्याम चौधरी, दीपक भुसाल लगायतले लुस्कुनको अनुगमन तथा निरीक्षण गरेका हुन् ।

    अनुगमनका क्रममा टोलीले लुस्कुनद्वारा सञ्चालित परियोजना प्रदेशकै नमूनायोग्य परियोजना भएको महसुस भएको बताएका थिए । अनुगमन पश्चात संघको उद्देश्य तथा भावी रणनीतिसहित समग्र संघको बारेमा संघकी अध्यक्ष ज्ञानु पौड्यालले प्रस्तुतीकरण गरेकी थिइन् ।

    संघका सचिव मिन प्रसाद पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । १४५ वटा सहकारीको संयुक्त लगानी रहेको लुस्कुनले रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित पश्चिम पहुनीमा दुध र दुधबाट उत्पादित सामग्री उत्पादन गर्दै आएको छ ।

    WhatsApp Image 2025-04-22 at 12.26.15 PM.jpeg
    WhatsApp Image 2025-04-22 at 12.26.14 PM.jpeg