२०८२, पौष २५ गते

Jan 09 2026 | २०८२, पौष २५ गते

नेविसंघद्वारा भैरहवा बहुमुखी क्याम्पसमा वृक्षरोपण

आइतवार , बैशाख ७, २०८२

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, ७ वैशाख । नेपाल विद्यार्थी संघ (नेविसंघ) भैरहवा बहुमुखी क्याम्पस ईकाइ समितिले क्याम्पस परिसरमा वृक्षरोपण गरेको छ।

    नेविसंघको ५६ औं स्थापनाको दिवसको अवसरमा शनिबार क्याम्पस परिसरमा वृक्षरोपण गरिएको भैरहवा बहुमुखी क्याम्पस ईकाइ समिति सभापति नवराज अर्यालले बताए । संघको ईकाइ समितिले क्याम्पसमा विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको अर्यालले बताए । 

    नेविसंघ क्याम्पस इकाई समिति सचिव उमर बादशाह खानले हरित वातावरण बनाउन र उच्च तापक्रम न्यूनीकरणमा थोरै पनि टेवा पुर्याउने उद्देश्यले स्थापनाको दिवसमा अवसरमा वृक्षरोपण गरिएको बताए ।

    कार्यक्रममा नेविसंघ रुपन्देही जिल्ला सभापति सन्दिप पाण्डे, जिल्ला उपसभापति प्रतिक भण्डारी, क्याम्पस ईकाइका सह–कोषाध्यक्ष श्याम कुर्मी, सदस्य आजम खान, मनिष यादव, सुरज कुर्मी लगायतको सहभागीता थियो ।