२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

जसपा नेपाल सिद्धार्थनगर–३ को अध्यक्षमा अन्सारी

शनिवार , बैशाख ६, २०८२

  • 5.8K
    Shares
  • 5.8K
    Shares
  • भैरहवा, ६ वैशाख । जनता समाजवादी पार्टी (जसपा), नेपाल सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ को वडा अधिवेशन सम्पन्न भएको छ । शनिबार रंगशाला रोडमा सम्पन्न अधिवेशनले नुर मोहम्मद अन्सारीको अध्यक्षतामा ३१ सदस्यीय वडा समिति सर्वसम्मत निर्वाचित गरेको हो ।

    समितिको उपाध्यक्षमा रवि कुमार गौड, सचिवमा रमेश कुर्मी, सह–सचिवमा बृज मोहन ठाकुर, राजेश ठाकुर र कोषाध्यक्षमा पप्पु कुर्मी रहेका छन् । त्यस्तै सदस्यमा केवार कोहार, हसमत अली, शत्रुधन ठाकुर, लक्ष्मिना कुर्मी, निकेश जालन्धर, सन्तोष प्रजापति, नजरे आलम, ज्ञानमती कोहार, रामलाल अहिर, श्यामलाल अहिर, धनियाही सहानी, भुजलाही हरिजन, तैरुन निसा, कमलवाती कुर्मी, रसुल मुसलमान, हजरत अली, वृजेश यादव, रुपा श्रेष्ठ, रामचन्द्र प्रजापति, विन्तु कोहार, गिल्लु मुसलमान, राम केवल कुर्मी, निसा जालन्धर कोहार, विनिता श्रेष्ठ र मोनिका श्रेष्ठ रहेका छन् ।

    जसपा नेपाल सिद्धार्थनगरका कार्यबाहक अध्यक्ष मनोज प्रजापतिको अध्यक्षता, पार्टीको केन्द्रीय सदस्य सावित्रा वि.क.को प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश सदस्य गोविन्द यादव, रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादवको विशेष आतिथ्यता, समाजवादी महिला युनियन, नेपाल लुम्बिनी प्रदेश सह–सचिव विष्णु चौधरीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    उमेश कुर्मीको स्वागत तथा जसपा नेपाल क्षेत्र नम्बर ३ , रुपन्देहीका क्षेत्रीय संयोजक जावेद आलमको सञ्चालनमा भएको कार्यक्रममा सावित्रा वि.क., गोविन्द यादव, सियाराम यादव, विष्णु चौधरी, मनोज प्रजापति, कमलावती कुर्मी लगायतले बोलेका थिए ।