२०८३, भाद्र १२ गते

Aug 28 2026 | २०८३, भाद्र १२ गते

शिक्षक आन्दोलनको १७ औं दिन

शुक्रवार , बैशाख ५, २०८२

  • 874
    Shares
  • 874
    Shares
  • काठमाडौं,५ वैशाख ।विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले १७ दिन शुक्रबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । 

    विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग महासंघको नेतृत्वमा शिक्षकहरुले माइतिघर–बानेश्वर क्षेत्रमा प्रदर्शनसहित धर्ना दिएका हुन् ।उनीहरुले संघीय संसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै नाँचगानका साथै रचनात्मक कार्यक्रम गर्दै प्रदर्शन गरेका हुन् । महासंघले अनुशाासित, मर्यादित र संयमित भए आन्दोलनमा सहभागी हुन शिक्षकहरुलाई आग्रह गरेको छ ।

    महासंघले आफुहरुको आन्दोलन निष्कर्षतर्फ उन्मुख भएकाले धैर्य राख्न शिक्षकहरुलाई आग्रह पनि गरेको छ । महासंघले गरेको लगातारको आन्दोलनका कारण बानेश्वर–माइतिघर सडकखण्ड प्रभावित हुदै आएको छ ।