२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सरकारले झारा टार्ने काम गर्‍यो, हाम्रो आन्दोलन अझै कडा हुन्छ : शिक्षक महासंघ

बुधवार , बैशाख ३, २०८२

भैरहवा । सरकारले विद्यालय शिक्षा विधेयक पारित गर्नका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णयप्रति आन्दोलनरत शिक्षकहरुले टिप्पणी गरेका छन् । 

सरकारले संसद्को अधिवेशन बोलाएर विद्यालय शिक्षा विधेयक पारित गर्ने निर्णय गरेपनि शिक्षा ऐन जारी गर्ने बिषयमा कुनै कुरा नआएको टिप्पणी गरेका छन् । 

आन्दोलनरत शिक्षकहरुले मन्त्रीपरिषद् बैठकको निर्णयलाई झारा टार्ने कामको संज्ञा दिदै आफुहरुको आन्दोलन अझै कडा र प्रभावकारी बनाउने निर्णय भएको नेपाल शिक्षक महासंघका संघिय अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिए । 

अध्यक्ष सुवेदीले सरकारसंग यस अघि भएका सम्पुर्ण सहमतिहरु सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी नहुँदा सम्म शिक्षकहरु विद्यालय नर्फकिर्ने बताएका छन् । 

‘सरकारले हिजो संसदको अधिवेशन बोलाउने कुराले हामीलाई कहि कतै सम्बोधन गरेको छैन्‌’ सुवेदीले भने–चिर निद्रामा सुतेको सरकार उठेर शिक्षा ऐन जारी गर्ने बिषयमा सहमति नगर्दा सम्म हामीहरु सडकबाट बाहिर निस्कन्नौं ।’  
नेपाल शिक्षक महासंघ, लुम्बिनी प्रदेशका पुर्व अध्यक्ष तथा नेपाल शिक्षक संघ संघिय लेखा आयोगकको संयोजक कुलप्रसाद लामिछानेले सरकारले शिक्षकहरुले उठाएका जायज मागका बिषयमा बोल्न र संवाद गर्न नसक्नु शिक्षा प्रतिको संवेदनहिनता भएको टिप्पणी गरे । उनले वर्तमान सरकार शिक्षक र शिक्षा प्रति अहिलेसम्मकै कमजोर अबस्थामा रहेको बताए ।