२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

सहकारी तथा लघुवित्त पीडिहरुले गरे संयूक्त कडा आन्दोलनको चेतावनी

मंगलवार , बैशाख २, २०८२

  • 829
    Shares
  • 829
    Shares
  • काठमाडौं, २ वैशाख । वित्तिय पीडितहरुले आफूहरुका शान्तिपूर्ण आवाजहरुलाई सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

    मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफुहरुको मागलाई सम्बोधनगर्नुको सट्टा दमन गरेको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।‘सहकारी, लघुवित्त तथा वित्तिय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघ’द्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मनिराम ज्ञवालीले ४० महिनादेखिको शान्तिपूर्ण आन्दोलनलाई सरकार र राजनीतिक दलहरुले कमजोरीको रुपमा नलिन चेतावनी दिए । उनले आफ्नो अधिकारका लागि लड्ने जनताले कहिलै पनि हारेको इतिहास नभएको बताउँदै न्यायीक लडाईमा पनि शासकहरु घुँडा टेक्न बाध्य जिकिर गरे । 

    त्यस्तै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)का अध्यक्ष कुशलव केसीले लघुवित्त, सहकारी र मिटरब्याजीहरुसँग पटकपटक भएका सम्झौताहरुलाई कागजमै सिमित राखेर पीडितलाई सडकमै कुट्नु, गिरफ्तार गर्नु र अनावश्यक दुःख दिनु गैर न्यायीक कार्य भएको  बताए । केसीले अब आउने दिनमा पनि राज्यले उल्टो बाटो समातेर अगाडि बढे त्यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिए । 

    उनले बैंशाख ४ गते सम्पूर्ण पीडितहरु सडकमा उत्रने र ठूलो प्रदर्शन गर्ने जानकारी दिए । लघुवित्त, सहकारी र मिटरब्याजी पीडितको बर्षौदेखि चलिरहेको शान्तिपूर्ण आन्दोलनलाई सम्बोधन उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।