images

शनिवार, बैशाख २२ गते २०८१

बेलहियाका संघर्षशील महिलाहरु

बेलहियाका संघर्षशील महिलाहरु

images
images
images
मंगलवार, चैत्र १० २०७७
मंगलवार, चैत्र १० २०७७
  • बेलहियाका संघर्षशील महिलाहरु

    भैरहवा, १० चैत । नारीले चाह्यो भने हरेक काम सहज र सरल तरिकाले गर्न सक्छन् भन्ने उदाहरण बनेका छन् रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित बेलहियाका ६ जना महिला । 

    images
    images
    images

    अधिकांश महिला अहिले पनि घरकै चुलो चौकोमा व्यस्त भइरहेका बेला उनीहरु भने घरको सबै काम सकाएर आफ्नो उद्यममा लाग्ने गरेका छन् । नेपाल भारत सीमा नाका बेलहियामा रहेका ती महिलाहरु समाजसेवामा पनि उत्तिकै क्रियाशिल छन् ।
    घरको काम, सामाजिक कामका साथै उनीहरु अहिले बेलहियामा व्यक्तिको नाममा रहेको साढे १२ कठ्ठा जग्गा लिजमा लिएर सामूहिक कुखुरापालनमा जुटेका छन् । 

    महिलाहरु आत्मनिर्भर बन्नुपर्दछ भन्ने सोचको विकास भएका ती महिलाहरुले आफूहरुकै सक्रियतामा बेलहियामा लोकल जातका कुखुरापालन सुरु गरेका हुन् । आफूहरुसहित परिवारको आर्थिक अवस्था मजबुत बनाउनका लागि उनीहरु कम्मर कसेर लागेका छन् । 

    बेलहियाकी देवी न्यौपाने, मीनाक्षी क्षेत्री, सिमा प्रधान, सम्झना भण्डारी, सृजना पोखरेल र संगिता शर्मा ज्ञवाली मिलेर ५० लाखको लगानीमा बेलहिया अर्गानिक फार्म सञ्चालनमा ल्याएका छन् । फार्म सञ्चालनका लागि उनीहरुले वार्षिक १ लाख ५० हजार भाडा बुझाउँदै आएका छन् ।

    उनीहरुको उक्त फार्ममा अहिले १ हजार ६ सय लोकल जातका कुखुरा छन् । २०७६ साल भदौदेखि फार्म सुरु गर्दा ५ सय लोकल कुखुराको चल्ला राखेर सुरु गरेका हौ फार्मकी अध्यक्ष देवी न्यौपानेले भनिन्, ‘अहिलेसम्म दुईपटक कुखुरा विक्री गरिसक्यौ, नाफा नभए पनि नोक्सानी बेहोर्नु परेको छैन्, हामी सन्तुष्ट छौं । सुरुमा थोरै कुखुरा राखेर सुरु गरेकाले खासै फाइदा नभए पनि अब भने विस्तारै फाइदा हुनेमा आफुहरु विश्वस्त रहेको उनीहरुको भनाइ छ ।

    उनीहरुमध्ये केहीले भने आफ्नै सक्रियतामा छुट्टै व्यवसाय पनि सञ्चालन गरेका छन् । आफूहरु आर्थिक रुपमा सबल तथा आत्मनिर्भर भए घर परिवारका साथै समाजलाई रुपान्तरण गर्न सकिन्छ भन्ने आत्मबलका साथ सामुहिक रुपमा फार्म सञ्चालन गरिएको अध्यक्ष न्यौपानेले उल्लेख गरिन् । 

    यसरी भयो सुरुवात 

    कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुक बन्दाबन्दी (लकडाउन) को अवस्थामा थियो । उनीहरु जस्ता थुप्रै कामकाजी महिला लकडाउनका कारण घरभित्र थुनिएर बस्न बाध्य भए । लकडाउनको अन्त होला भन्दा भन्दै झन बढेपछि उनीहरुमा भने सामुहिक रुपमा केही नयाँ काम गर्ने साचे पलायो । सुरुमा उनीहरुमा बेलहियामा उनीहरुले नै नेतृत्व गरेको क्रियाशिल संस्था गृहलक्ष्मी समुहमा रहेका २० जना महिलाहरु मिलेर भैसी फार्म सञ्चालन गर्ने योजना थियो । लकडाउन बढ्दै गएका कारण त्यसले भने पूर्णता पाउन सकेन् । 

    सामुहिक रुपमा काम गर्ने सोच बनाएपछि उनीहरु जग्गा खोजीमा थिए। लकडाउनकै बीच उनीहरु बस्ने नजिकै जग्गा भेटियो । भैसी पाल्नकै लागि मिल्ने र आफूहरुले खोजे जस्तो जग्गा भेटिएपछि उनीहरु तत्काल भैसी पाल्नका लागि सम्भव नभएपछि कुखुरा खरीद गरी पाल्न लागेका हुन् । गृहलक्ष्मी समुहमा आबद्ध सबै जना मिलेर भैसी पाल्ने सपना पुरा नभएपछि त्यसैमध्येका ६ जना महिलाहरु मिलेर बेलहिया अर्गानिक फाम सुरु गरेको फामकी सञ्चालक संगिता शर्माले जानकारी दिइन् । उनीहरुले फार्मलाई विस्तार गर्दै लैजाने योजना रहेको उल्लेख गरे । उनीहरुले उक्त फार्ममा कुखुराका साथै निकट भविष्यमै बाख्रा र भैसी पनि पाल्न सुरु गर्ने बताए ।  

    बांडेर गर्छन् काम

    धेरै ठाँउमा सामूहिक कामले गती लिन नसकेको उनीहरुलाई राम्रोसंग थाहा छ । योजना बनाउने बेलामा नै उनीहरुले गर्न लागेको कामलाई दिगो र दीर्घकालिन बनाउन जिम्मेवारी बांडफांड गरेका थिए । ६ जना सञ्चालक नै प्रत्येक दिन बिहान–सांझ फार्ममा पुग्ने गर्छन् । फार्ममा नियमित काम गर्नका लागि उनीहरुले तीन जनाको एक परिवारलाई रोजगारी दिएर राखेका छन् । ६ जनामध्ये कसले के काम गर्ने भन्ने जिम्मेवारी अनुसार आफूहरुले काम सम्हाल्ने गरेको फार्मकी अध्यक्ष न्यौपानेको भनाइ छ । 
    ‘हामीले ६ जनालाई नै कामको बांडफांड गरेका छौं, उनले भनिन् हामीमध्ये दुई जनाले चल्ला ल्याउने, दुई जनाले दानको व्यवस्थापन गर्ने र दुई जनाले बजार प्रबद्र्धन तथा कुखुरा विक्री गर्ने काम गर्छौ, त्यसले गर्दा हामीहरुमा कुनै पनि किसिमको समस्या छैन् ।’समाजमा महिलाले नेतृत्व लिएर पनि व्यवसाय सञ्चालन गर्न सक्छन् भन्ने उदाहरण पेश गर्न हामीले हरेक चुनौतीलाई अवसरमा बदल्न उक्त कार्यको थालनी गरेको उनीहरुको भनाइ छ । 

    पहाडै नदेखेकादेखि व्यवसायमा रमाएका महिलासम्म

    बेलहिया अर्गानिक फार्ममा रहेका ६ जना महिलामध्ये एक जनाको पहाडको कुनै अनुभव छैन् । गाई, भैसी, कुखुरा पालन सम्बन्धी कुनै ज्ञान थिएन, तर समूहमा काम गर्न पाउदा मलाई निकै खुशी र उत्साह जागेको छ, फार्मकी सञ्चालक समेत रहेकी संगिता शर्मा ज्ञवाली भन्छिन गरेपछि सबै कुराको ज्ञान बढ्दो रहेछ । ६ जनामध्ये केहीले ट्राभल्स चलाएर बसेका छन भने केहीले आफ्नै सक्रियतामा पसल सञ्चालन गरेका छन् । 

    बेलहिया तथा भैरहवामै खोसाखोस कुखुरा

    IMG_20210318_140423.jpg

    पछिल्लो समय अर्गानिक फार्मबाट उत्पादित खाद्यवस्तुमा आम मानिसको रुची बढेको छ । स्वास्थ्यका हिसाबले निकै राम्रो मानिएका कारण अर्गानिक खाद्य वस्तुमा मान्छेको लगाव बढेको हो । त्यस्तै लोकल कुखुरा तथा कालिजमा पनि मानिसहरुको रुची ह्वात्तै बढेको छ ।

    पछिल्लो समय लोकल कुखुरामा रुची बढेपछि लोकल कुखुरा पाल्ने समूहको पनि संख्यामा वृद्धि भएको छ । उनीहरुले पालेका कुखुरा पनि अहिले बेलहिया तथा भैरहवा भन्दा बाहिर पठाउन पाएको छैनन् । ‘बेलहिया तथा भैरहवामा नै पुर्याउन सकेका छैनौ, कहाँबाट अन्य ठाउँमा पठाउनु विक्री हुने बेला भएको थाहा पाए फार्ममै आएर सबै उठाउँछन् फार्मकी अध्यक्ष न्यौपानेले भनिन्  । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij