२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

तिलोत्तमामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु

मंगलवार , बैशाख २, २०८२

  • 829
    Shares
  • 829
    Shares
  • तिलोत्तमा, २ वैशाख । वैशाख ७ गतेसम्म देशभरका पालिकाहरुमा जस्तै तिलोत्तमा नगरपालिकामा पनि सोमबारदेखि व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको  छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्देशन तथा कार्यक्रम अनुसार पञ्जीकरण उपशाखाको आयोजनामा सप्ताह सुरु भएको हो ।

    नगरप्रमुख रामकृष्ण खाणले तिलोत्तमाका सबै वडामा जन्म, मृत्यु, बसाईसराइ, विवाह र सम्बन्धविच्छेद दर्ताजस्ता व्यक्तिगत घटनाको दर्ता समयमै गरी जरिवानाबाट बच्न सबै नगरबासीहरुमा अनुरोध गरेका छन् । उनले व्यक्तिगत घटना दर्ता सप्ताहमा सहभागी हुन सम्पूर्ण नगरबासीलाई अनुरोध गर्दै जीवनमा घटना दर्ताले ठूलो अर्थ राख्ने र नीति निर्माण तथा विकास र समृद्धिको लागि समेत यस्ता तथ्यांक काम लाग्ने बताए । हेर्दा सामान्य लागे पनि सामान्य बुझे पनि व्यक्तिगत घटना दर्ताले जीवनमा ठूलो अर्थ राख्ने उनले बताए । समयमै घटना दर्ता नगर्दा पछि हुने झण्झटले अफ्ठ्याराहरु आइलाग्ने हुँदा घटना घटेको ३५ दिनभित्रै वडा कार्यालयमा गएर घटना दर्ता गर्न नगरप्रमुख खाणले दिए ।

    पंजीकरण शाखाका युवराज तिवारीले घटना दर्ता अहिले अनलाइन प्रक्रियाबाट पनि घरबाटै टोकन बनाउन सकिने भएकाले कुनै पनि घटना दर्ता गर्न नहिच्किचाई कालान्तरमा आउने कठिनाइ निर्मुल पार्न समयमै घटना दर्ता गर्नुपर्ने बताए । 

    नगरपालिकाले सामाजिक सुरक्षा भत्ता पाउन योग्यता पुगेका नागरिकलाई पनि आफ्नो विवरण वडा कार्यालयमा दर्ता गराउन समेत अनुरोध गरेको छ । हालसम्मकै उच्च बसाई सरी आउने दरमा निकै नै वृद्धि रहेको तथा जनसंख्याको दर समेत बढिरहेको तिलोत्तमा नगरपालिकामा १७ वटा वडा रहेका छन् ।