२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

भैरहवा नमुना माविमा विद्यार्थी स्वागत तथा विदाई

सोमवार , बैशाख १, २०८२

भैरहवा, १ वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ स्थित भैरहवा नमुना माध्यमिक विद्यालयमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रुपन्देही नागरिक समाजका अध्यक्ष तथा युवा समाजसेवी अमित कुमार गुप्ताले भैरहवा नमुना माविमा अध्ययन गरेका विद्यार्थीहरु देशको उच्च ओहोदामा पुग्न सफल भएको बताए । आफूले पनि भैरहवा नमुना माविमा कक्षा ११ र १२ पढेको उनले जानकारी दिए । ‘पछिल्लो समय अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुको संख्या बढेको छ, उ’नले भने–‘हामी नेपालमै अध्ययन गरेर यही देशको सेवा गर्न सक्छौं, आफ्नै गाउँ–ठाउँ र देशका लागि केही गर्न म आग्रह गर्दछु ।’

गुप्ताले अरुलाई मात्र दोष दिनुभन्दा आफ्नो दायित्व बुझेर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘अनुशासित भइ राम्रोसँग अध्ययन गर्नुस्, समयमै विद्यालय आउनुस्, सकारात्मक सोच र आत्मविश्वासका साथ अगाडि बढ्नुस्, शिक्षकहरुको सम्मान गर्नुस्,’ उनले भने–‘तपाईहरु यो देशको भविष्य हो ।’

त्यस्तै विशिष्ट अतिथि भैरहवा नमुना क्याम्पसका अध्यक्ष आनन्द प्रसाद गुप्ताले भैरहवा नमुना माविको गर्विलो इतिहास रहेको बताए । ‘सामूदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु देशको उच्च ओहोदामा पुग्न सक्छन् भन्ने उदाहरण भैरहवा नमुना माविले प्रस्तुत गरेको छ, ’ ’उनले भने–‘नेपाली सेनाका वर्तमान प्रधानसेनापति अशोक सिग्देल पनि यही विद्यालयका पूर्वविद्यार्थी हुनुहुन्छ । कार्यक्रममा भैरहवा नमुना माविका प्राचार्य चुन्न प्रसाद पाण्डे, विज्ञान शिक्षक भरत कुमार गिरी लगायतले बोलेका थिए ।

विद्यार्थी विष्णु यादवको अध्यक्षता, कक्षा ११ र १२ का संयोजक (कोर्डिनेटर) ओमप्रकाश विश्वकर्माको स्वागत, विद्यार्थी मनिषा बस्यालको सञ्चालन तथा संजय कुमार गुप्ताको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

विद्यालयका प्राचार्य चुन्न प्रसाद पाण्डे, आदिवासी जनजाति संघ रुपन्देहीका उपाध्यक्ष जितमान गुरुङ, समाजसेवी भीम गुप्ताको आतिथ्यतामा भएको कार्यक्रममा शिक्षकहरु दिनेश मिश्रा, विरेन्द्र चौधरी, हकिम खान, कन्हई यादव, शिवशंकर चौधरी, मनिष उपाध्याय, सुनिल कर्ण, विकास पराजुली, प्रदीप मौर्य, दीपक मल्लिक लगायतको उपस्थिति रहेको थियो ।

WhatsApp Image 2025-04-13 at 8.33.37 PM (1).jpeg

कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीत लगायतका साँस्कृतिक प्रस्तुतिमार्फत आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।