२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

जसपा नेपाल सिद्धार्थनगर–६ को अधिवेशन सम्पन्न, अध्यक्षमा इमरान

आइतवार , चैत्र ३०, २०८१

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, ३१ चैत । जनता समाजवादी पार्टी (जसपा), नेपाल सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६, रुपन्देहीको अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न वडा अधिवेशनले इमरान अलीको अध्यक्षतामा २१ सदस्यीय वडा समिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    समितिको उपाध्यक्षमा बबिता बाल्मीकि, सचिवमा पवन बरनवाल, सह–सचिवमा सहाबुद्दीन, आलमगीर र कोषाध्यक्षमा ज्योति कहार रहेका छन् । त्यस्तै सदस्यमा आकाश शर्मा, अमित यादव, सुदीप पासवान, मोहम्मद इब्राहिम, सोनु यादव, बसन्त गुप्ता, सुरज कहार, अजय यादव, गणेश शर्मा, अकलेश पासवान, प्रेम यादव, उमेश राजभर, मोहन थापा क्षेत्री, असान अली र सुवास हरिजन रहेका छन् ।
    नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन अधिकृत राम नेवास चौधरीले सपथग्रहण गराएका थिए ।

    जसपा नेपाल सिद्धार्थनगरका कार्यबाहक अध्यक्ष मनोज प्रजापतिको अध्यक्षता, पार्टीका वरिष्ठ नेता कैलाश गुरुङको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश सदस्य गोविन्द यादव, रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादव, उपाध्यक्ष कलामुद्दीन खाँ, समाजवादी महिला युनियन, नेपाल केन्द्रीय सदस्य गीता पाण्डेय, महिला युनियन जिल्ला सचिव विष्णु चौधरी, जसपा नेपाल रुपन्देही क्षेत्र नम्बर ३ अध्यक्ष जावेद आलम, निर्वाचन अधिकृत राम नेवास चौधरी, निर्वाचन समिति सदस्य सदरे आलम लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    WhatsApp Image 2025-04-12 at 8.21.39 PM (1).jpeg