२०८३, जेठ ११ गते

May 25 2026 | २०८३, जेठ ११ गते

जसपा नेपाल रुपन्देहीको जिल्ला अधिवेशन वैशाख १३ गते

शुक्रवार , चैत्र २८, २०८१

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • भैरहवा, २९ चैत । जनता समाजवादी पार्टी (जसपा), नेपाल रुपन्देहीको जिल्ला अधिवेशन २०८२ वैशाख १३ गते हुने भएको छ । बिहीबार सम्पन्न जसपा नेपाल जिल्ला कार्यसमिति, रुपन्देहीको बैठकले वैशाख १३ गते शनिबार भैरहवामा अधिवेशन गर्ने निर्णय गरेको पार्टीको जिल्ला सचिव विष्णु अधिकारीले बताए । यो अधिवेशनलाई पार्टी एकतापछिको पहिलो अधिवेशन भनिएको छ ।

    भैरहवामा सम्पन्न बैठकले २०८२ वैशाख १० गतेभित्र जिल्लाका सम्पूर्ण वडा र पालिकाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको सचिव अधिकारीले जानकारी दिए । उनका अनुसार अधिवेशन सम्पन्न गर्नका लागि जिल्ला अध्यक्ष सियाराम यादवको संयोजकत्वमा आर्थिक समिति र उपाध्यक्ष कलामुद्दीन खाँको संयोजकत्वमा राजनैतिक समिति गठन गरिएको छ । त्यस्तै सचिव विष्णु अधिकारीको संयोजकत्वमा संगठन समिति गठन गरिएको छ ।

    जसपा नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवको अध्यक्षता, पार्टीका केन्द्रीय महासचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज राम कुमार शर्माको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश कार्यबाहक अध्यक्ष राम अवतार यादवको विशिष्ट आतिथ्यता, प्रदेश मुख्य सचिव राजन बहादुर राना मगर, कोषाध्यक्ष एवं रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव लगायतको आतिथ्यतामा भैरहवास्थित जिल्ला पार्टी कार्यालयमा बैठक सम्पन्न भएको हो।