२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

पूर्पक्षका लागि रवि लामिछाने कारागार चलान

सोमवार , चैत्र २४, २०८१

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, २५ चैत। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्धक निर्देशक रवि लामिछानेलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ ।

    बुटवलको सुप्रिम वचत तथा ऋण सहकारी सस्था लिमिटेडको रकम अपचलन तथा संगिठत अपराध मुद्दामा लामिछानेलाई पूर्पक्षका लागि कारागार चलान गरिएको हो ।

    जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले उल्टाउँदै थुनामा पठाउने आदेशगरेपछि उनलाई पक्राउ गरेर आज बिहान पूर्पक्षका लागि भैरहवा स्थित कारागार चलान गरिएको हो ।

    जिल्ला अदालतको चित्त नबुझेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय र लामिछाने दुवैले उच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए। 

    उच्च अदालतको आदेशपछि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएर पूर्पक्षका लागि जिल्ला कारागार भैरहवामा चलान गरिएको रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए। 

    शुक्रबार बिहान भैरहवा ल्याइएका लामिछानेलाई दुइ दिन जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।