
आइतवार , चैत्र २३, २०८१
भैरहवा, २४ चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ स्थित न्यू इरा इङ्गलिस बोर्डिङ स्कूलले ३१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले शनिबार भैरहवामा एक समारोहको आयोजना गरी वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
समारोहमा बोल्दै प्रमुख अतिथि रोहिणी गाउँपालिकाका निवर्तमान अध्यक्ष सनोज कुमार यादवले न्यू ईराले उत्कृष्ट जनशक्ति उत्पादन गर्दै आएको बताए । उनले न्यू ईरा यस क्षेत्रको चर्चित विद्यालय भएको र यो विद्यालयले अझ सफलता हासिल गर्ने विश्वास व्यक्त गरे ।
विद्यालयका अध्यक्ष दीपक सापकोटाले न्यू ईराले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए ।
कार्यक्रममा साई ग्लोबल एकेडेमीका प्रबन्ध निर्देशक मोती प्रसाद पौडेल, लुम्बिनी प्रेस क्लबका पूर्व महासचिव शंकर प्रसाद पाण्डे लगायतले बोलेका थिए । कार्यक्रममा अभिभावक तथा विद्यार्थीहरुले ढुक्कसँग न्यू ईरामा भर्ना गराउन अभिभावकहरुलाई आग्रह गरेका थिए ।
कार्यक्रममा विद्यालयकी प्राचार्य कुन्ती देवी सेनले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
विद्यार्थी आयुष्का कुशवाह र प्रकृति बरुवालको स्वागत तथा विद्यालयका संयोजक हिमाल बरुवाल, कक्षा १० मा अध्ययनरत विद्यार्थी आस्था सुनार र ४ मा अध्ययनरत प्रकृति बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्राथमिकतर्फ शान्ति त्रिपाठी, आधारभूत तहतर्फ पद्मा के.सी. र माध्यमिक तहतर्फ अन्जु गुरुङलाई बेस्ट टिचर अवार्ड–२०८१ बाट सम्मान गरिएको विद्यालयले जनाएको छ ।
त्यस्तै कार्यालय सहयोगी कमला थापालाई पनि समारोहमा सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई नृत्य प्रस्तुत गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij