२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

लुम्बिनी प्रादेशिक अस्पताल र सिभिल अस्पतालबीच सहकार्यको तयारी

शुक्रवार , चैत्र २१, २०८१

  • 877
    Shares
  • 877
    Shares
  • बुटवल, २२ चैत । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र काठमाडौंस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) बीच सहकार्यका लागि छलफल सुरु भएको छ । सिभिल अस्पताल काठमाडौंले सेवालाई प्रदेशस्तरमा विस्तार गर्ने योजना अनुसार प्रारम्भिक समझदारी गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट (मेसु) डा. इन्द्र ढकालले जानकारी दिए । 

    सिभिल अस्पताल काठमाडौंका निर्देशक डा. मोहनचन्द्र रेग्मीको नेतृत्वमा आएको टोलीले बिहीबार र शुक्रबार दुई दिनसम्म लुम्बिनी अस्पतालको निरीक्षण गर्नुका साथै विभागीय प्रमुखहरुसँग छलफल गरेको छ । 
    संघीय संरचना अनुसार सिभिल अस्पतालको सेवालाई पनि प्रदेशस्तरमा विस्तार गर्ने योजना अनुसार यसका नीतिगत विषय, भौतिक संरचना तथा उपकरणका साथै जनशक्तिको विषयमा छलफल गरिएको लुम्बिनी अस्पतालका मेसु डा. ढकालले जानकारी दिए । अस्पतालमा कार्यरत विभिन्न विभागका प्रमुखहरुले सिभिल अस्पतालसँग सहकार्य गर्दा आवश्यक पर्ने जनशक्ति, उपकरण लगायतका विषयमा सुझाव प्रस्तुत गरेका थिए।

    सिभिल अस्पतालसँग सहकार्य भएमा यस क्षेत्रका निजामति कर्मचारी, जनप्रतिनिधि, जेष्ठ नागरिक तथा लक्षित वर्गलाई समेत थप सहज हुने मेसु ढकालले जानकारी दिए । लुम्बिनी अस्पतालले पछिल्लो समय सेवा विस्तार र गुणस्तरीय सेवालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउँदै उनले सेवाग्राहीको चाप बढ्दै गएको उल्लेख गरे । अस्पतालमा सामाजिक सेवा इकाई, बीमा कार्यक्रम, मातृ शिशु पोषण तथा आमा सुरक्षा कार्यक्रमले सेवाग्राहीको आकर्षण बढ्दै गएको उनले बताए ।

    fe80254e-bb2a-4796-aa1c-25d3a56dc933.jpg

    यसका साथै अस्पतालमा प्रसूति सेवाका लागि छुट्टै शल्यक्रिया कक्षसहितको विशेषज्ञ सेवा, ब्रेस क्यान्सरको स्क्रिनिङ सेवा, क्याथ ल्याब सेवा, डाइलाइसिस सेवा लगायतका विशेषज्ञ सेवा प्रदान हुँदै आएको छ ।