२०८२, फाल्गुण १२ गते

Feb 24 2026 | २०८२, फाल्गुण १२ गते

घटनाको निष्पक्ष छानविनको माग गर्दै काठमाडौंमा राप्रपाको प्रदर्शन

शुक्रवार , चैत्र २१, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • काठमाडौं, २२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत्र १५ गते काठमाडौंको तीनकुनेलगाएतका क्षेत्रमा भएको घटनाको निष्पक्ष छानविन गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । 

    शुक्रबार तीनकुने घटनामा एकपक्षीय ढंगले व्याख्या गर्ने काम भएको भन्दै घटनाको निष्पक्ष छानविन गर्न माग गर्दै राप्रपाले काठमाडौंमा प्रदर्शन गरेको हो।राप्रपा नेताहरु रबीन्द्र मिश्र र डा. धवल शमसेर राणा लगायतमाथि झुटा मुद्धा लगाइएको भन्दै खारेज गर्नुपर्ने राप्रपाको माग छ । त्यस्तै राप्रपाले राज्य आतंक बन्द गर्नुपर्ने, नागरिक स्वतन्त्रता कायम गर्नुपर्ने जनाएको छ ।

    प्रदर्शनपछि आयोजित सभामा राप्रपा नेता पशुपतिशम्शेर राणाले बहुदलीय प्रजातन्त्रभित्र फरक मत राख्न पाउने अधिकार सवैको रहेको भन्दै फरक मत राखेकै आधारमा नेताहरुलाई पक्राउ गर्नु उचित नभएको धारणा राखे। 

    उनले चैत्र १५ गते राज्यबाट दमन भएको भन्दै भत्र्सना गरे । आफ्नो नेताहरुलाई रिहाई नगरेसम्म निरन्तर आन्दोलन गर्ने राप्रपाले जनाएको छ