२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

सिद्धार्थ उवासंघद्वारा सांसद् बोहराको निधनमा दुःख व्यक्त

बुधवार , चैत्र १९, २०८१

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, २० चैत । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद्) एवं पूर्वमन्त्री दीपक बोहराको निधनप्रति दुःख व्यक्त गरेको छ ।

    संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले शोक विज्ञप्ती जारी गर्दै बोहराको निधनले संघ परिवार अत्यन्त मर्माहत भएको बताएका छन् ।

    ‘संघको शुभचिन्तक बोहराले यस क्षेत्रमा पुर्याउनुभएको योगदानको स्मरण गर्दै यस दुःखद घडीमा उहाँको दिवंगत आत्माको चिरशान्तिको कामनाको लागि भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं, साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं, ’अध्यक्ष आचार्यले उल्लेख गरेका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता समेत रहेका बोहराको मंगलबार बिहान काठमाडौंस्थित ओम अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको हो ।