images

शनिवार, बैशाख १५ गते २०८१

डेढ सय बढीले लिए फ्रि–म्यूजिक प्रशिक्षण

डेढ सय बढीले लिए फ्रि–म्यूजिक प्रशिक्षण

images
images
images
आइतवार, चैत्र ८ २०७७
आइतवार, चैत्र ८ २०७७
  • डेढ सय बढीले लिए फ्रि–म्यूजिक प्रशिक्षण

    बुटवल, ८ फागुन । 
    सांगीतिक ब्याण्डहरुको समूह ‘बुटवल रक्स’ले संगीतकर्मी तथा संगीतप्रेमीहरुका लागि एकदिने ‘बुटवल वर्कसप’को सम्पन्न गरेको छ । शनिबार बुटवल–११ कालिकानगरस्थित महाराजा रिसोर्टमा भएको वर्कसपमा गायन, वाद्यवादन तथा विभिन्न विषयमा प्रशिक्षण दिइएको बुटवल रक्सका अध्यक्ष तथा चर्चित गायक बसन्त श्रेष्ठले बताए । 

    images

    बुटवल रक्सको आयोजना र काठमाण्डु ज्याज कन्जर्भेटरीको सहयोगमा भएको वर्कसपमा रुपन्देही, नवलपरासी, पाल्पा, कपिलवस्तु, नेपालगञ्ज लगायतका व्याण्ड सदस्यहरु तथा संगीतप्रेमीहरुको उत्साहजनक सहभागिता रहेको अध्यक्ष श्रेष्ठले बताए ।

    निःशुल्क सहभागिता रहेको प्रतियोगितामा १ सय ५० जना भन्दा बढीले सहभागिता जनाई प्रशिक्षण लिएको उनले जनाए । जसमा नेपालकै चर्चित व्याण्ड १९७४ एडि लगाएतले पश्चिम प्याटर्न, ज्याज, गितार, किबोर्ड, ड्रम्स, फ्लुट लगायतका विषयहरुमा प्रशिक्षण गराइएको कार्यक्रम संयोजक विराज भट्टचनले बताए । शनिबार दिउँसो प्रशिक्षण दिएको काठमाण्डु ज्याज कन्जर्भेटरीको समूहले साँझ कालिकानगरमै स्थित द कन्सेप्ट क्लब एण्ड पवमामा प्रस्तुति दिएका थिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij