२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

सहकारी दिवसमा बालबालिकाहरुको नाक, कान तथा घाँटीको चेकजाँच

सोमवार , चैत्र १७, २०८१

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, १८ चैत । श्री त्रिशुल बचत तथा ऋण सहकारी संस्था लि. सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा बालबालिकारुको निःशुल्क नाक, कान तथा घाँटीको चेकजाँच (परीक्षण) गरिएको छ । ६८ औं राष्ट्रिय सहकारी दिवस–२०८१ को अवसरमा आइतबार सिद्धार्थ बाल गृहमा रहेका बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरिएको संस्थाकी अध्यक्ष धिरा कुमारी क्षेत्रीले बताइन् ।

    नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र अध्ययन विज्ञान संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालमा १४ जनाबाहेकको स्वस्थ्य परीक्षण गरिएको सहकारीकी प्रबन्धक सरिता रानाले जानकारी दिइन् । प्रबन्धक रानाका अनुसार परीक्षणका क्रममा २ जनाबाहेक सबैमा कानसम्बन्धि समस्या देखिएको थियो ।

    डा.मिलन सेडाइसहितको टीमले बालबालिकाको स्वास्थ्य परीक्षण गरेको रानाले जानकारी दिइन् ।

    3a0aa70e-ff2b-46c4-bdd7-d55fbca6025d.jpg
    22202301-b46f-409e-9f17-26727b53a9cd.jpg