२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? प्रधानमन्त्री ओली

सोमवार , चैत्र १७, २०८१

काठमाडौं, १८ चैत ।प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीको प्रर्दशनका क्रममा भएको घटनामा संलग्नलाई कारवाही गर्ने स्पष्ट परेकाछन्। 

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले राजावादीको प्रर्दशनका क्रममा भएको घटना निन्दनीय र खेदजनक भएको भन्दै घटनामा संलग्न जोसुकैलाई पनि कारवाही गर्ने स्पष्ट पारेका छन्।   घटनामा संलग्नहरुमाथि छानबीन सुरु भएको भन्दै उनले योजनाकारका सन्दर्भमा समेत छानबिन र अनुसन्धान गरिरहेको बताए ।

प्रधानमन्त्री ओलीले प्रारम्भिक अध्ययनमा सवै घटनामा तत्कालीन राजा ज्ञानेन्द्र शाहको भूमिका देखिएको बताए । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? भन्दै उनले प्रश्न गरे । उनले सवै घटनाको जिम्मेवारी पूर्वराजाले लिनुपर्ने बताए । प्रधानमन्त्री ओलीले सवै जिम्मेवारी पूर्वराजाले लिनुपर्ने धारणा राखेपछि राप्रपाका सांसदहरुले विरोध जनाएका थिए । विरोध पनि प्रधानमन्त्री ओलीले देशमा सवैले संविधान र व्यवस्था मान्नुपर्ने धारणा राखे ।

त्यस्तै कुलमान प्रकरणमा बिपक्षीले उठाएका बिषयमा प्रधानमन्त्री ओलीले कर्मचारी हटाउने र नयाँ जिम्मेवारी दिने सामान्य प्रक्रिया भएको बताए । देशका महत्वपूर्ण विषयमा छलफल गरेर निर्णय गरेर अघि बढ्नुपर्ने समयमा एउटा सामान्य कर्मचारीको विषयमा संसद् अल्झनु नहुने उनले बताए ।

बैठकमा प्रधानमन्त्री ओलीले मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे संसद्लाई जानकारी गराएका थिए ।