२०८३, जेठ १३ गते

May 27 2026 | २०८३, जेठ १३ गते

ईदले राष्ट्रिय एकताको भावना अझ मजबुत बनाउन प्रेरित गरोस् : मेयर खाँ

आइतवार , चैत्र १६, २०८१

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, १७ चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले आम नगरबासी तथा सम्पूर्ण नेपालीमा इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद (ईद–उल–फित्र) को अवसरमा सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गरेका छन् । 

    आइतबार साँझ शुभकामना सन्देश जारी गर्दै उनले ईद मुस्लिम समुदायको महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै आपसी सद्भावको पर्वका रूपमा मनाइने ईदले सबै नेपालीबीच बन्धुत्वको भावना अझ बढाउन मद्दत पुग्ने विश्वास समेत व्यक्त गरेका छन् ।

    विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरू राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका पहिचान भएको उल्लेख गर्दै उनले यो पर्वले समाजका प्रत्येक सदस्यलाई एक–अर्कासँग प्रेम र सद्भाव राख्नमा प्रोत्साहन मिल्ने बताए । 

    ‘यो पवित्र ईद पर्वका अवसरमा हामीलाई सबै जाति र धर्मका बीचमा सम्मान र समझदारीको भावना अझ प्रगाढ बनाउने अवसरको रुपमा लिनेमा म विश्वास लिएको छु । उनले भनेका छन्–‘इद–उल–फित्र’ पर्वले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा सौहाद्रता र राष्ट्रिय एकताको भावना अझ मजबुत बनाउन प्रेरित गरोस् भन्ने कामना गर्दछु ।

    WhatsApp Image 2025-03-30 at 10.05.09 PM (1).jpeg

    ’ इस्लाम धर्मावलम्बीहरुले सोमबार ईद पर्व मनाउँदैछन् । ईदको अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।