२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

रोहिणी–२ का पूर्वअध्यक्ष पाण्डे र नेजपाका तिवारी जसपा नेपालमा प्रवेश

शनिवार , चैत्र १५, २०८१

भैरहवा, १६ चैत । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर २ का पूर्ववडाध्यक्ष सरोज कुमार पाण्डेय र नेपाल जनता पार्टी (नेजपा) का नेता चन्द्रभान तिवारी जनता समाजवादी पार्टी (जसपा), नेपालमा प्रवेश गरेका छन् । 

शनिबार रोहिणी गाउँपालिका–३ स्थित धकधईमा आयोजित जसपा नेपालको प्रथम गाउँपालिका अधिवेशनमा पाण्डेय र तिवारीसहित विभिन्न पार्टी परित्याग गरी १ सय जना बढी पार्टीमा प्रवेश गरेको लुम्बिनी प्रदेश कोषाध्यक्ष विद्या प्रसाद यादवले बताए । 

पाण्डेय रोहिणी गाउँपालिकाका पूर्व प्रवक्ता समेत हुन् । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा जसपा, नेपालबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए । २०७९ सालमा उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट वडाअध्यक्षको उम्मेदवार भएका थिए । पाण्डेय राप्रपा परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई जसपा नेपालको केन्द्रीय सदस्य रीता यादव, लुम्बिनी प्रदेश कार्यबाहक अध्यक्ष राम अवतार यादव, प्रदेश कोषाध्यक्ष विद्या प्रसाद यादव, वरिष्ठ नेता कैलाश गुरुङलगायतले पार्टीमा स्वागत गरेका थिए ।

जसपा नेपालमा प्रवेश गरेका नेता–कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिइने रोहिणी गाउँपालिकाका अध्यक्ष समेत रहेका प्रदेश कोषाध्यक्ष विद्या प्रसाद यादवले बताए ।

487728877_2110902772673124_3621569620856969710_n.jpg
WhatsApp Image 2025-03-29 at 7.31.16 PM (1).jpeg