२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी

शुक्रवार , चैत्र १४, २०८१

  • 634
    Shares
  • 634
    Shares
  • काठमाडौं । राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ ।

    मायाको पहिचान नेपालले पसाई बिरुद्द उजुररी दिएकाे केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए । ‘आज उजुरी आएको छ । अब कानूनी प्रक्रिया अघि बढाउँछौं’ एसपी अवस्थीले भने ।

    मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले प्रसाईंविरुद्ध उजुरी दिएका हुन् । प्रसाईंले यौनिक तथा अल्पसंख्यक समुदायलक्षित घृणा फैलाउने अभिव्यक्ति दिएको उजुरीमा उल्लेख छ ।

    आजै प्रसाईंकै कमाण्डमा भएको राजावादी समूहको प्रदर्शनमा तोडफोड र आगजनी भएको थियो । प्रदर्शन उग्र भएपछि प्रशासन कर्फ्युसमेत लगाएको छ ।