२०८२, पौष २५ गते

Jan 09 2026 | २०८२, पौष २५ गते

राप्रपा सैनामैनाको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा खत्री

बिहिवार , चैत्र १३, २०८१

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सैनामैना, रुपन्देहीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । बुधबार सैनामैना नगरपालिका–८ स्थित बाँसगढीमा भएको अधिवेशनले सुर्य बहादुर खत्रीको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दुई दर्जन युवाहरु राप्रपामा प्रवेश गरेको राप्रपा रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।

    WhatsApp Image 2025-03-26 at 4.34.56 PM (1).jpeg

    हरि नारायण चौधरीको अध्यक्षता, राप्रपा लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप कुमार उदयको प्रमुख आतिथ्यता तथा नगर सचिव चुडामणि भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तोया नाथ लम्साल, मिन प्रसाद घिमिरे, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, उपाध्यक्ष अजय कुमार गुप्ता लगायतले भनाइ राखेका थिए ।

    WhatsApp Image 2025-03-26 at 4.34.57 PM.jpeg