२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

जसपाको केन्द्रीय परिषद् सदस्यमा मोहम्मद अली

बुधवार , चैत्र १२, २०८१

भैरहवा, १३ चैत । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय परिषद् सदस्यमा युवा नेता मोहम्मद अली मनोनित भएका छन् । रुपन्देहीको भैरहवा निवासी अलीलाई जसपाले केन्द्रीय परिषद् सदस्यको जिम्मेवारी दिएको हो ।

उनी पार्टीको रुपन्देही जिल्ला इञ्चार्ज समेत हुन् । विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेको अलीले आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक बहन गर्ने बताए । ‘म पार्टीको इमान्दार सिपाही हुँ’उनले भने–‘मलाई प्रदान गरिएको जिम्मेवारी निर्वाह गर्नेछु । पार्टीको विधि, विधानमा रही देश र जनताको पक्षमा काम गर्दै जानेछु ।’

त्यस्तै रुपन्देहीबाट रामकेश धवल र मानुल्ला खानले पनि केन्द्रीय परिषद् सदस्यको जिम्मेवारी पाएका छन् । पार्टीको केन्द्रीय विज्ञ परिषद् सदस्यमा संविधान सभा सदस्य सिमा कौशल विश्वकर्मा मनोनित भएकी छन् । त्यसै गरी केन्द्रीय संगठन विभाग सदस्यमा मनिकर कार्की मनोनित भएका छन् ।