२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

बुटवलमा एमालेको जन जागरण अभियान

मंगलवार , चैत्र ११, २०८१

  • 832
    Shares
  • 832
    Shares
  • बुटवल, १२ चैत । संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनसमर्थन जुटाउने उद्देश्यसहित नेकपा (एमाले) ले केन्द्रदेखि स्थानीयस्तरसम्म गणतन्त्रको रक्षाका लागि जनजागरण अभियान नामक कार्यक्रम सञ्चालन गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका विभिन्न वडामा पनि एमालेका नेता तथा कार्यकर्ताहरु टोलटोलमा पुगेर गणतन्त्रको रक्षाका लागि जनजागरण अभियान सञ्चालन गरिरहेका छन् । 

    एमाले बुटवल वडा नम्बर ४ र ५ मा संयुक्त रुपमा जनजागरण अभियानमा सहभागी हुँदै नेताहरुले विभिन्न कारण राजावादीहरु सलबलाएको भन्दै गणतन्त्रवादीहरु एकजुट हुनुपर्ने धारणा राखे । सो अवसरमा पार्टीका नगर समितिका अध्यक्ष शोभाखर पोख्रेल, प्रदेश कमिटी सदस्यहरु जमिल मिया, टंक पराजुली, जिफन्टका हरि बहादुर कार्की, जिल्ला उपसचिव बाबुराम पन्थी, पार्टी नेता खेम लुइटेल, नेदिराम ज्ञवाली, जिल्ला कमिटी सचिवालय सदस्य दुर्गा कार्की लगायतले बोल्दै कमीकमजोरीहरु हटाउँदै गणतन्त्रको रक्षाका लागि सबै एकठाँउमा उभिने र जनचेतना फैलाउने काम गर्नुपर्ने कुरामा जोड दिएक । 

    एमालेले गरेको सर्कुलर अनुसार सोमबार रुपन्देहीको १ सय ५५ वटा वडामा एकैसाथ यो अभियान सञ्चालन गरिएको बुटवल वडा–४ इन्चार्ज तथा जिल्ला सचिवालय सदस्य नारायण घिमिरेको भनाइ छ । बाम एकतालाई बलियो गर्ने उद्देश्यले यही चैत्र १८ गते बृहत मोटरसाइकल र्याली गर्ने र र्यालीमा १ हजार १० मोटरसाइकल सहभागी बनाउने र बेलहिया नाकासम्म पुग्ने घिमिरेले बताए । चैत्र २९ गते जिल्ला जनसभा गर्ने लक्ष्य रहेको घिमिरेको भनाइ छ ।