२०८३, श्रावण २७ गते

Aug 12 2026 | २०८३, श्रावण २७ गते

बालेन शाहको चेतावनी : एक हप्तामा तलब नपाए सबैलाई टुकुचामा गाडिदिन्छु

मंगलवार , चैत्र ११, २०८१

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, चैत ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्ना कर्मचारीहरूलाई तलब नपाएके विषयमा सरकारलाई कडा चेतावनी दिएका छन् ।

    सोमबार साँझ सामाजिक सञ्जालमार्फत उनले सरकारको ढिलासुस्ती र दम्भका कारण विगत ३ महिनादेखि सरसफाइ कर्मचारीहरूले तलब नपाएको बताएका छन्। उनले भने, "काठमाडौं महानगरपालिकाका सरसफाइ कर्मचारीहरूले तीन महिनादेखि तलब पाएका छैनन्, सरकारको दम्भले। को कोले के के आन्दोलन गर्ने हो, मलाई थाहा छैन। अबको एक हप्ताभित्र हाम्रो कर्मचारीले तलब पाएनन् भने सबैलाई टुकुचामा गाडिदिन्छु ।”

    उनले फेसबुकबाट चेतावनी दिदै भनेका छन् । " त्यो पछि हेरौँला, तिमीहरूको के के तन्त्र हो।”

    बालेन शाहको यो चेतावनी प्रशासनिक ढिलासुस्तीप्रतिको आक्रोश हो । अब सरकारको प्रतिक्रिया के आउनेछ भन्ने प्रतीक्षा गरिएको छ।