२०८३, श्रावण २७ गते

Aug 12 2026 | २०८३, श्रावण २७ गते

कुलमान बर्खास्ती प्रकरण : सरकार उल्टो बाटो हिँड्न खोज्यो – कांग्रेस महामन्त्री थापा

मंगलवार , चैत्र ११, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको आलोचना गरेका छन्।

    उनले सरकारको यो कदम जनअपेक्षाविपरीत भएको बताउँदै, सेवाप्रवाह सुधार गर्ने बेला उल्टै समस्या सिर्जना गर्ने काम गरेको आरोप लगाए।

    महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, "सरकार जनतालाई सेवा दिनुको साटो उल्टै आगोमा मट्टितेल हाल्ने काम गर्दैछ।"

    महामन्त्री थापाले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटस यस्तो छ । 

    Gagan.jpg

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। सरकारको यो निर्णयलाई लिएर व्यापक प्रतिक्रिया व्यक्त भइरहेको छ।