२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

पाल्पाको शहीद बहुमुखी क्याम्पसमा अनेरास्ववियुका गौतम विजयी

बिहिवार , चैत्र ६, २०८१

रुपन्देही, ७ चैत । पाल्पाको रामपुरस्थित शहीद बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियु विजयी भएको छ । अनेरास्ववियुबाट सभापतिमा राजन गौतम, सचिवमा विमल क्षेत्री, कोषाध्यक्षमा सच्चा रेग्मीसहित सदस्यहरु निर्वाचित भएका हुन् ।

सभापति पदमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) संयुक्त प्यानलका गौतमले ३०१ र नेपाल विद्यार्थी संघ (नेविसंघ) का कसम मल्ल ठकुरीले २६१ मत प्राप्त गरेका छन् । सचिव पदमा अनेरास्ववियुका विमल क्षेत्रीले २८२ मत ल्याउँदा नेविसंघका बन्दना गैरेले २७७ मत ल्याएकी थिइन् । कोषाध्यक्ष पदमा अनेरास्ववियुका सच्चा रेग्मीले २९९ मत ल्याउँदा नेविसंघका धनकला राना २५६ मत ल्याएकी थिइन् ।

सदस्यहरूमा अनेरास्ववियुका निरुता ढेंगा, (२६३), इन्द्र बहादुर सोति (२६०), नेविसंघका सदिक्षा ढकाल (२७३)  शशी ढकाल (२६०), सबिना भण्डारी (२६१) विजयी भएका छन् । 

त्यसै गरी स्वतन्त्रका निखिल सुनारले २०५ मत प्राप्त गरेका छन् । समानुपातिकतर्फ अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)ले २९९ र नेविसंघले २७० मत प्राप्त गरेका छन् । 

मतगणनाका क्रममा मंगलबार राती केही मत गन्न बाँकी रहँदा स्थगित भएको मतगणना बुधबार साँझ पुनः गरिएको थियो । सर्वदलीय सर्वपक्षीय बैठकपश्चात् बेलुकी ८ बजेदेखि मतगणना कार्य पुनः सुरु भएको हो । शहीद बहुमुखी क्याम्पसमा २०४८ सालदेखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेतृत्व गर्दै आएको थियो ।