२०८२, पौष २७ गते

Jan 11 2026 | २०८२, पौष २७ गते

मन्त्री निवास क्षेत्र लगायतका महत्वपूर्ण स्थानमा निषेधाज्ञा

आइतवार , चैत्र २, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • काठमाण्डाै‌ं। जिल्ला प्रशाशन कार्यालय ललितपुरले मन्त्री निवासदेखि केहि महत्वपुर्ण क्षेत्रहरुमा निषेधज्ञा लागू गरेको छ। प्रशाशनले एक बिज्ञप्ती जारी गर्दै ललितपुरका केही महत्वपूर्ण क्षेत्रहरूमा आगामी दुई महिनासम्म पाँचजनाभन्दा बढी व्यक्ति भेला भएर विरोधका कार्यक्रम गर्न नपाइने गरी निषेधित क्षेत्र तोकेको छ ।

    जिल्ला प्रशासन कार्यालय, ललितपुरले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम आदेश जारी गर्दै पुल्चोकस्थित यूएन हाउस, पुरानो मन्त्री निवास क्षेत्र र भैंसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्र वरपर निषेधाज्ञा लागू गरिएको जनाएको छ।

    स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) मा यस्ताे छ व्यवस्था

    sssd.jpg

     

    प्रमुख जिल्ला अधिकारी रमेश ढकालद्वारा जारी आदेशअनुसार, तोकिएको क्षेत्रमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा गर्न रोक लगाइएको छ।

    प्रशासनले भीडभाडका कारण तोडफोड, आगजनी, हुलदंगा वा सार्वजनिक सेवामा अवरोध पुग्न सक्ने भन्दै यस्तो निर्णय लिएको बताएको छ।

    प्रशासनले संविधानअनुसार नागरिकलाई शान्तिपूर्ण विरोध गर्ने अधिकार रहे पनि सरकारी तथा निजी सम्पत्तिमा क्षति भएमा सम्बन्धित पक्षबाट क्षतिपूर्ति असुल गरिने चेतावनीसमेत दिएको छ।