२०८२, फाल्गुण १३ गते

Feb 25 2026 | २०८२, फाल्गुण १३ गते

अनेमसंघ सिद्धार्थनगर–६ को अध्यक्षमा अधिकारी

आइतवार , चैत्र २, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, ३ चैत । नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ को तेस्रो वडा अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले शकुन्तला अधिकारीको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको अनेमसंघ रुपन्देही जिल्ला सचिवालय सदस्य लता पोखरेलले जानकारी दिइन् ।

    कमिटीको उपाध्यक्षमा मालती देवी गुप्ता, सचिवमा सुनिता गौतम र उपसचिवमा शान्त भण्डारी रहेका छन् । त्यस्तै सदस्यहरुमा सरस्वती खनाल, बसन्ती घिमिरे, निलम मिश्रा, सीता पौडेल, सुकमाया आले, सानिया खातुन र कौशिल्या वि.क. रहेका छन् ।

    अनेमसंघ वडा कमिटीका अध्यक्ष बिन्दु पौडेलको अध्यक्षता, स्थायी कमिटी सदस्य लक्ष्मी कोइरालाको प्रमुख आतिथ्यता, एमाले सिद्धार्थनगर कमिटी उपाध्यक्ष माया कंडेल, अनेमसंघ जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज दिलु कुँवर, जिल्ला सचिवालय सदस्य लता पोखरेल, प्रभा पौडेल, जिल्ला सदस्य कमला दलामी, सरस्वती ज्ञवाली, सिद्धार्थनगर उपाध्यक्ष मञ्जु पाण्डे, कोषाध्यक्ष अनिता थापा, नगर कार्यालय सचिव मीना पन्थी, नगर सदस्य किरण मिश्रा, ज्योती शर्मा, एमाले वडा कमिटी सचिव आनन्द प्रसाद न्यौपाने लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन अनेमसंघ वडा कमिटी सचिव सुनिता गौतमले गरेकी थिइन् ।

    कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघको ६६ औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट कार्यसमिति सदस्य (महिला) वाणिज्यतर्फ निर्वाचित भएकी अनेमसंघ नगर कार्यालय सचिव मीना पन्थीलाई अनेमसंघ सिद्धार्थनगर–६ कमिटीले बधाई ज्ञापन तथा सम्मान गरेको थियो ।

    483862355_9795645553787157_2966427455286725959_n.jpg